१५१ को पीसीआर रिपोर्ट नेगेटिभ : डोल्पा कोरोना मुक्त

१५१ को पीसीआर रिपोर्ट नेगेटिभ : डोल्पा कोरोना मुक्त

डोल्पा : डोल्पामा १५१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। निकै लामो समयपछि गरिएको पीसीआर परीक्षणमा सबै १५१ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। 

प्रजिअ सुनारको अनुसार छिमेकी जिल्ला रुकुम जाजरकोटबाट मानिस जिल्लामा धेरै आएको र जिल्लाका नागरिक समेत धेरै जिल्लामा भित्रिएपछि ठूलो संख्यामा परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको बताए। 

जिल्ला बाहिरबाट डोल्पाका काम गर्नको लागि आएका र उनीहरु बस्ने होटेल तथा केही धेरै मानिस आउजाउ गर्ने व्यापारीको पहिलो चरणमा परीक्षण गरिएको हो। ठूलो संख्यामा भएको परीक्षणामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। 

जिल्ला बाहिरबाट आउने कामदार र कर्मचारीलाई पहिलो परीक्षण गरिएको छ भने अब सरकारी कार्यालयका कर्मचारी अन्य नागरिकलाई समेत परीक्षण गरिने प्रजिअ सुनारले जानकारी दिए। 

हिन्दु नारीको महान चाड हरितालिका तीज भएकोले भिडभाड कम गराएको र सुरक्षा सर्तकता अपनाउदै कडाइ गरिएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए। 

हालसम्म जिल्लामा कोरोनाको कारण एक जनाको ज्यान गएको र अन्य तीनजना सन्चो भएर घर फर्की सकेका छन्। त्यस पश्चात डोल्पा जिल्ला हालसम्म कोरोना मुक्त जिल्लाका  रुपमा रहेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.