आगोको रापमा वसन्ती सदा

आगोको रापमा वसन्ती सदा

राजविराज : सप्तरीको सुरुंगा नगरपालिका–३, लक्ष्मीपुरकी २४ वर्षीया वसन्ती सदा आगोले जलेर घाइते भइन्। श्रीमान्ले मट्टितेल खन्याएर लगाएको आगोले उनको घाँटीदेखि मुनि अधिकांश भाग जल्यो। उपचारका लागि खर्च नभएर एक महिनादेखि घरमै अलपत्र परेकी उनलाई बिहीबार उपचारका लागि लहानस्थित अस्पताल ल्याइएको छ। राजविराजदेखि विराटनगरको अस्पतालसम्म धाएकी सदा खर्च सकिएपछि पाकिरहेको घाउको दुखाइ सहेर घरमा बस्न बाध्य थिइन्। उनलाई मनोविमर्शकर्ता रेणु कर्ण र कविता चौधरीले उद्धार गरी अस्पताल भर्ना गरे। चिकित्सकहरूले लहानमा उपचार असम्भव रहेको भन्दै कीर्तिपुरस्थित बर्न अस्पताल लैजान सुझाएपछि बिरामीसँगै उद्धारकर्ता पनि चिन्तित बनेका छन्।

आगोले जलेको छाती, हात र खुट्टा कुहिन थालेका छन्। बोल्नै नसक्ने अवस्थामा पुगेकी वसन्ती कोल्टे फेर्न पनि सक्दिनन्। जलनको पीडाले बेला–बेलामा तड्पिन्छिन्, उनी। उनको बीभत्स शरीर हेर्नै डरलाग्दो छ। ऐलानी जमिनमा घर बनाएर बस्दै आएकी मुसहर समुदायकी दलित महिलाको परिवारसँग उपचार गर्ने सामथ्र्य छैन। घरदेखि २ किलोमिटरको दूरीमा रहेका माइती पक्ष पनि गरिब र भूमिहीन छन्। मानवताको नाताले लहानस्थित समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेललगायतले उनको रेखदेख गरिरहेका छन्। लहानमै उपचार हुने आशामा रहेका उनी पनि बिरामीलाई कीर्तिपुर लैजानुपर्ने र उपचारमा महिनौं लाग्ने चिकित्सकको भनाइबाट उपायविहीन बनेका छन्।

नौ वर्षअघि बालकैमा विवाहिता वसन्ती ज्याला मजदुरी गरेर नाबालक छोरीको स्याहार र सासू–ससुराको सेवा गरेर बसेकी थिइन्। उनका श्रीमान् २७ वर्षीय दिपेन भनिने दीपेन्द्र भारतको हरियाणा पञ्जाबमा मजदुरी गर्थे। कोभिड–१९ को महामारीमा रोजगारी गुमेपछि साउन ५ गते दिपेन घर फर्के। भारतबाट आउने अधिकांश व्यत्तिाmमा संक्रमण पाइने गरेको सुनेकी वसन्तीले श्रीमान्लाई क्वारेन्टाइनमा बस्न र परीक्षण गर्न आग्रह गरिन्।

लामो समयपछि घर फर्किएका दिपेन अपेक्षाविपरीत श्रीमतीको कुरा सुनेर रिसले मुर्मुरिए। आफूलाई केही दिन अलग्गै राख्ने श्रीमतीको अडानलाई उनले परपुरुषसँग अवैध सम्बन्ध रहेको लख काटे। आवेशमा घरबाट निक्लिएका दिपेनले निकै वर्षपछि भेट भएका साथीहरूसँग बसेर रक्सी खाए। घरमा आएर झगडा गरे। त्यसको भोलिपल्ट बिहान फेरि रक्सी खाएर आए र मात्तिएकै अवस्थामा जिस्किएर वसन्तीको शरीरमा मट्टितेल खन्याएका उनले लाइटर बालेर जिउँदै आगो लगाए। छिमेकीहरूले आगो निभाउन आउँदा शरीरको अधिकांश भाग जलिसकेको थियो। डाक्टर रोहित साहले ५५ देखि ६० प्रतिशत भाग जलेको बताए। डाक्टर साहका अनुसार ४० प्रतिशत भाग जल्नु नै गम्भीर अवस्था हो।

वसन्तीलाई तत्कालै उनका बुवा मनभरण र ससुरा हरि सदा मिलेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराए। हिंसापीडित, दलित, गरिबको उपचार निःशुल्क गर्ने घोषणा गरेको सरकारले तत्काल आपत्कालीन उपचार सेवा दिए पनि गम्भीर प्रकृतिका र उपचारमा लामो समय लाग्ने घाइतेलाई भने वास्ता नगरेको पीडित परिवारको गुनासो छ। उनको उपचार पनि भएन।

उपचार नपाएपछि घाउ निको हुनुको साटो पाक्न थालेको छ। जलनको पीडा र उपचार नपाउँदाको पीडासँगै कोरोना संत्ताmमितको आशंकाको अर्को पीडा थपिएको छ। घाइतेका बुवा मनभरणले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको उजुरीपछि तत्कालै दिपेन पत्ताmाउ परे। एक महिनापछि वसन्तीलाई लहान अस्पताल पुर्‍याएकै दिन दिपेन भने सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा बन्दी बनेको इन्स्पेक्टर रामराजा केशरीले बताए। अहिले दिपेनलाई पश्चात्तााप छ, आगो लगाएपछि निभाउने प्रयास पनि गरेका हुन् तर सकेनन्। त्यो पश्चात्तााप दिपेनलाई मात्र नभई उनको सिंगो परिवारलाई पनि छ।

आगोले जलाउने श्रीमान जेलमा बन्दी भए, श्रीमती हिँडडुल गर्न नसक्ने भएर उपचार कुरेर बसेकी छिन् । ‘अहिले दिपेनलाई पनि पश्चाताप छ, आगो लगाएपछि निभाउने प्रयास पनि गरेका हुन्’ हरिले भने-‘निषेधाज्ञा र लकडाउनका कारण रोजगारी नपाइ रहेको अवस्थामा यति ठूलो घटना भएपछि काम खोज्न पनि जान पाइएको छैन् ।’ बुहारीको अवस्था झनझन् खराब भइरहेको भन्दै उनले भने- ‘क्षणिक आवेशले गर्दा बुहारी उपचार नपाई कुहिएर मर्ने भइन्, छोरा जेलमा सडने भयो ।’ 

आगोको रापले बसन्ती र पश्चातापले दिपेनलाई मात्र नभई उनको सिंगो परिवारलाई अभावले भतभती पोलेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.