सीमामा ५२ किलोमिटर हेर्न सशस्त्रका तीन पोष्ट

सीमामा ५२ किलोमिटर हेर्न सशस्त्रका तीन पोष्ट

इलाम : सीमा सुरक्षा र सीमाक्षेत्रमा हुने अबैद्य गतिविधि नियन्त्रणका लागि साढे ५२ किलोमिटर क्षेत्रको निगरानीका लागि इलामका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी)  स्थापना गरिएको छ। यस अघि पशुपतिनगरमा रहेको एउटा पोष्टले सो क्षेत्रको शुरक्षा गर्ने गरेको थियो। भारतबाट हुने सीमा अतिक्रमण, सीमाक्षेत्रमा हुने गतिविधि लगायतको नियन्त्रणका लागि स्थानीयले पटकपटक सीमा सुरक्षाको माग गरिरहेको अवस्थामा सशस्त्रले दुई वटा पोष्ट थपेको हो।

इलामको  सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो। दुबै स्थानका बीओपी सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले उद्घाटन गरेका हुन्। नायव महानिरीक्षक दाहालले उद्घाटनको क्रममा सीमा क्षेत्रमा स्थापना भएका बीओपीले सीमानाको रक्षा र नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले  स्थानीयलाई सुरक्षाको अनुभुती हुने गरी काम गर्न  निर्देशन दिए। 

रोङ गाउँपालिकाको सलकपुरमा बीओपी स्थापना गर्नका लागि स्थानीय लाखमान गम्देनले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराएको सशस्त्रले जनाएको छ। भारततर्फ बाक्ले सीमा शुरक्षा बलको क्याम्प भएपनि नेपालमा नभएको कारण नदि र बन जन्य सामग्रीको तस्करी हुने गरेको थियो। रोङ ६ का वडाअध्यक्ष सुवास तामाङले सशस्त्र प्रहरीको उपस्थितीले त्यो समस्या समाधानमा सहयोग पुग्ने बताए।

सूर्योदय नगरपालिका ५ को समालबुङमा स्थापना गरिएको बीओपी स्थापनाका लागि स्थानीय तारादेबी खत्री, मनोजकुमार खत्री, बिष्णु कुमार खत्री, टेकबहादुर खत्री, गंगा खत्री, धनकुमार खत्री र कुलबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुधीर जंग थापाले दान पाएको जग्गामा तत्काल  भवन निर्माणको प्रक्रिया थालिने बताए।

उपरीक्षक थापाका अनुसार आगामी असोज महिनाभित्रमा नेपाल भारत सीमा क्षेत्रको छब्बीसे, जौबारी , कालपोखरी र सन्दकपुरमा थप चार वटा बीओपी स्थापना गरिने तयारी शुरु भएको छ। सशस्त्रको उपस्थिती बढेपछि स्थानीय नागरिकले शुरक्षाको थप प्रत्याभुती गर्ने अपेक्षा गरेको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बताए। चालु आर्थिक बर्ष भित्रका  प्रदेश १ को नेपाल भारत सीमा क्षेत्रका मा २२ वटा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने तयारी गरेको जनाइएको छ। झापा, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा विओपी स्थापनाका लागि काम भइरहेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.