सात सेनासहित २७ जना संक्रमित
राजविराज : राजविराजस्थित भिम दल गणमा कार्यरत सात नेपाली सेनासहित बिहीबार साँझ सप्तरीमा २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालमा भएको परीक्षणमा सात नेपाली सेनासहित २६ जना र धरानस्थित प्रयोगशालाबाट मृतक एक गरेर २७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
नेपाली सेना राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र कञ्चनरुप नगरपालिकास्थित आइसोलनशनमा खटिएका छन्। सक्रमित नेपाली सेनामा भिम दल गणका २८, ३१, ३२, ३३, ३४, ३५ र ३६ वर्षीय पुरुष छन्। यसअघि सप्तरीमा नेपाल प्रहरीका ३८ र सशस्त्रका एकजनामा संक्रमण पुष्टि भएपनि नेपाली सेनामा संक्रमण देखिएको थिएन्।
यसैगरी राजविराज नगरपालिका– १ का २२, ३५, ४०, ५० वर्षीय पुरुष, वडा नम्बर–२ का १९ र २२ वर्षीय पुरुष, ४० वर्षीया महिला, वडा नम्बर– ४ का ३५ वर्षीया महिला, वडा नम्बर– ६ का ३३ वर्षीय पुरुष, वडा नम्बर– ७ का ३ र ३८ वर्षीय पुरुष र २८ वर्षीय महिला संक्रमित देखिएका हुन्।
यस्तै राजविराजमा गरिएको परीक्षणमा अग्नीकृष्ण सवरण गाउँपालिका– ६ का ३० वर्षीय पुरुष, महादेवा गाउँपालिका– ५ का ४० र ४५ वर्षीय पुरुष तथा तिरहुत गाउँपालिका–४ का २५, २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
धरानमा बिहीबार मृत्यु भएका ५० वर्षीय पुरुषमा बिहीबार नै संक्रमण पुष्टि भएको हो भने अर्का मृतक ५५ वर्षीय पुरुषको यसअघि नै संक्रमण पुष्टि भएर भदौ ८ गतेदेखि नै धरानमा उपचाररत थिए।
सप्तरी जिल्लामा हालसम्म संक्रमितको सङ्ख्या १३० महिला र ७२० पुरुष गरी ८५० पुगेको छ। संक्रमतिमध्ये एक महिलासहित आठ जना संक्रमतिको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !