जिपले ठक्कर दिँदा पाल्पामा एक जनाको मृत्यु
तानसेन : पाल्पामा जिपको ठक्कर एक व्यक्तिको मृत्यु भएको छ। तानसेनबाट रामपुर नगरपालिकामा खाद्यान्न बोकेर गएको ना ३ च ८८०८ नम्बरको जिपले रम्भा गाउँपालिका-५ ताँहुको मुडुली चौपारीमा ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही ठाउँका ६० बर्षिय भुपाल सिंह राना रहेका छन्। उनको ताहु प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !