माथिल्लो डोल्पामा खाद्य संकट : पुगेन ४५ सय क्विन्टल चामल

माथिल्लो डोल्पामा खाद्य संकट : पुगेन ४५ सय क्विन्टल चामल

डोल्पा :  माथिल्लो डोल्पामा खाद्य संकट परेको छ। आर्थिक वर्ष २०७६/०७७ को ४५ सय क्विन्टल चामल ढुवानी नभएपछि भोकमरीको खतरा बढेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माथिल्लो डोल्पा तिन्जे डिपोको लागि ४५ सय क्विन्टल चामल ढुवानी नगरिदिएपछि माथिल्लो डोल्पाका तीनवटै स्थानीयतहमा भोकमरी पर्न थालेको भन्दै खाद्यान्न ढुवानी गरिदिन स्थानीयतहले आग्रह गरेका छन्। 

तातोपानी वा केरुङ हुँदै चिनको तिब्बतबाट माथिल्लो डोल्पाको मरिम्ला र क्याटो नाका हुँदै तिन्जे डिपोसम्म खाद्यान्न ढुवानी गर्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणका कारण उक्त नाका नखुलेपछि खाद्यान्न संकट परेको हो। शे–फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अघिल्लो आर्थिक वर्षमा ४५ सय क्विन्टल चामल छुट्टयाए पनि अहिलेसम्म एक केजी चामल पनि ढुवानी नभएको डोल्पोबुद्ध गाउँपालिका वडा अध्यक्ष ग्याल्बोभोटे थापाले जानकारी दिए। 

उनले उत्पादन नभएको र एक वर्षसम्म चामल ढुवानी नभएपछि भोकमरी खतारा रहेकोले तत्काल हेलीकप्टर वा पैदल जुनसुकै माध्यामबाट चामल ढुवानी गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पालाई गाउँपालिकाको आधिकारिक निर्णयसहित अनुरोध गरिएको बताए। अघिल्लो वर्ष रसुवाको केरुङ नाकाबाट माथिल्लो डोल्पाका लागि खाद्यान्न ढुवानी भए पनि यस वर्ष भने एक दाना पनि ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए। 

प्रमुख पाण्डेको अनुसार तल्लो डोल्पाका लागि सबै डिपोमा खाद्यान्न बितरण भइरहेको छ तर माथिल्लो डोल्पाको चामल काठमाठौंबाटै ढुवानी हुने र छुट्टै ठेकेदारले ढुवानी गर्ने भएकोले जिल्लालाई ढुवानी भएनभएको जानकारी नआएको बताए। 

ठेकेदारले समयमा नै माथिल्लो डोल्पामा चामल ढुवानी नगर्ने पुरानै रोग हो। हरेक वर्ष भाद्रमा ढुवानी गर्ने तर आधा मात्रै चामल ढुवानी गर्ने गरे पनि यस वर्ष कोरोना भाइरसको कारण ढुवानी हुन नसकेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बचाउ गरिरहेको छ।

सिद्धार्थ ढुवानी सेवाले हरेक वर्ष ढुवानी गर्दै आए पनि यस वर्ष रसुवाको केरुङ नाका नखुलेपछि ढुवानी गर्न नसकेको र पैदाल मार्ग वा हेलीकप्टरबाट ढुवानी गर्ने व्यवस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरिदिए आफूले ढुवानी गर्ने ठेकेदार बिजय रोक्काले जानकारी दिए। 

माथिल्लो डोल्पामा तीन गाउँपालिका भए पनि दुई गाउँपालिकाका आधा नागरिकले मात्रै नेपाल सरकारको अनुदानको चामल किनेर खाने गरेका छन्। हरेक वर्ष श्रावणको अन्ति सातादेखि भाद्रको दोस्रो सातासम्म खुल्ने मरिम्ला र क्याटो नाकामा आइपुग्ने खाद्यान्नको चामल माथिल्लो डोल्पाका आधा नागरिकले मात्रै खाने गरेको पाइन्छ। 

बोकेर ल्याउन नसक्ने र ढुवानीका लागि साधान नभएकोले चामल खानको लागि सबैको पहुँच पुग्दैन। याक र खच्चडमा लादेर ल्याउने गरेका माथिल्लो डोल्पाका बासिन्दाको सबैको ढुवानी गर्ने साधन नभएकोले आधा नागरिकले चामल खाँदैनन्।

माथिल्लो डोल्पा अन्तरगत पर्ने छार्काताङसोङ गाउँपालिकाका नागरिकले तीन आर्थिक वर्षदेखि नेपाल सरकारको खाद्यान्नको चामल खाएका छैनन्। तिन्जे डिपोबाट गाउँपालिकाका नागरिकले चामल ढुवानी गर्न नसक्ने र मुस्ताङ वा दुनैबाट ढुावनीको व्यवस्था गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि चामल नखाएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माथिल्लो डोल्पाको तिन्जे डिपोको लागि ४५ सय क्ववीन्टल चामल ढुवानी गराउने गरे पनि चामल सबै डिपोमा नपुग्ने र चिनको मरिम्ला र क्याटोमा नाकासम्म मात्रै कम्पनी र ठेकेदारले ढुवानी गर्ने र तिन्जे डिपोसम्मकै ढुवानी ठेकेदारलाई बुझाउने गरेको स्थानीयको गुनासो छ। 

माथिल्लो डोल्पाका लागि अघिल्लो आर्थिक वर्षमा ४५ सय क्विन्टल चामल ढुवानी भएन भने यस वर्ष पनि ३ हजार क्विन्टल चामल छुट्टयाएको छ। डोल्पा जिल्लामा १८ हजारको कोटा छ। हाल दुनै शाखामा ६५९, जुफाल डिपोमा ७२१, काईगाउँ डिपोमा ८२१ र सर्मि डिपोमा २९० किलो चामल मौजात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमल राज पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.