बलात्कृत अपाङ्ग बालिका भन्छिन्- पेट बढ्ने डरले आत्महत्या गर्न खोजेको थिएँ

बलात्कृत अपाङ्ग बालिका भन्छिन्- पेट बढ्ने डरले आत्महत्या गर्न खोजेको थिएँ

इटहरी : बोल्न नसक्ने, एउटा मात्रै हात चल्ने १८ वर्षीय बालिका गत साउन ९ गते जवरजस्ती करणीमा परिन्। गाउँ समाजले लान्छाना लाउन थालेपछि उनले आत्महत्या गर्ने कोसिस गरिन्। पीडित परिवारले किटानी जाहेरी दियो, तर आरोपित व्यक्ति हालसम्म फरार छन्। घटना इटहरी १६ को हो।

आफ्नी शारीरिक अपांगता भएकी छोरीमाथि बलात्कार भएको भन्दै उनकी आमाले न्यायका लागि आग्रह गरेकी छिन्। छिमेकमै शिक्षण पेशा गरेर बस्ने ४५ वर्षीय कृष्ण ढकालविरुद्ध उनले प्रहरीमा मुद्धा दर्ता गरेकी छिन्। मुद्धा दर्तालगत्तै ढकाल भने फरार भएका छन्। दिउँसो छिमेककै साथीहरुसँग खेल्न गएको समयमा ढकालले करणी गरेको उनकी आमाको दावी छ। बालिकाकी आमाकाअनुसार ती व्यक्ति उनको भतिजो ज्वाईसमेत पर्छन्। घटनाबारे १० गते थाहा पाएकोमा उनले मौखिक जानकारी १० गते प्रहरीमा गराएकी थिइन्। तर प्रहरी ढिलो पुगेकोले आरोपित भाग्न सफल भएको उनको आरोप छ।

घटनाबारे पीडक ढकाल र उनकी श्रीमतीलाई जानकारी गराउँदा उल्टै लान्छाना लगाएको बताउँदै उनले भनिन्, ‘ढकालको परिवारसँगै केही छिमेकीले उल्टै मेरी छोरीलाई गाली गरे, सहनै नसकेपछि मर्न भनेर गइछे।’घटनाको तेस्रो दिन दिउँसो ती बालिका नजिकैको खोलामा भिजेको अवस्थामा भेटिएकी थिइन्। ‘पेट बढ्छ भनेर डर लाग्यो त्यसैले मर्न भनेर गएँ,’ बालिकाले इशाराले अन्नपूर्णकर्मीलाई बताइन्।

सोही दिन प्रहरीमा उनको मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख कैलाश अधिकारीले जानकारी दिए। घटना समाजमै मिलाउनका लागि स्थानीय छिमेकीहरुले पनि बारम्बार दबाब दिइरहेको आमा बताउँछिन्। ‘१० लाख रुपैयाँ हातमा बोकेका छौं, मिल्नुपर्छ भनेर लिखित जाहेरी दिने समयसम्म पनि फोन आइरहेको थियो,’ उनले भनिन्, ‘तर कारवाही हुनुपर्छ भनेर मैले मुद्धा दर्ता गरेँ।’ समाजको लान्छाना र घटनापछि छोरी कहिले हाँस्ने, कहिले रोएको रोयै गर्ने गर्न थालेको आमाको भनाई छ। बालिकाको देब्रे हात चल्दैन। पढाइमा पनि निकै सुस्त छिन्। बोल्न पनि नसक्ने मौका छोपेर बलात्कार गरेको आमा बताउँछिन्।

पीडित बालिका र उनको परिवार पीडकलाई कारवाही गर्नुपर्ने पक्षमा छ। ‘पैसामा नमिल्ने, हत्कडी लागोस्,’ बालिकाले संकेतबाटै भनिन्। ढकाल भागेर सिलगुढीस्थित आफन्तहरुकोमा गएको हुनसक्ने बालिकाकी आमाको जिकिर छ। एक महिनादेखि फरार रहँदा न्याय नपाइने हो कि भन्ने डरसमेत छ। नेपाल झिकाएर कानुनअनुसार कारवाही हुनुपर्ने उनको माग छ। प्रहरी निरिक्षक अधिकारीले ढकालको खोजि गरीरहेको जानकारी दिएका छन्। मोबाइल नबोक्ने हुँदा लोकेसन ट्रयाक गर्न समस्या भइरहेको उनको भनाई छ। ‘सबै डकुमेन्ट रेडी छ, मान्छे खोजिरहेका छौं’ उनी भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.