विद्युत लाइन विस्तारमा लापरबाही, करेन्ट लागेर एकको मृत्यु एक घाइते

विद्युत लाइन विस्तारमा लापरबाही, करेन्ट लागेर एकको मृत्यु एक घाइते

दैलेख : करेन्ट लागेर दैलेखमा एक जना युवाको मृत्यु भएको छ। जिल्लाको भैरबी गाउँपालिका-२ मा विद्युत लाइन विस्तारको क्रममा करेन्ट लागेर सोहि ठाउँका २४ वर्षीय पुस्कार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका नैनबहादुर साँवदले जनाए।  करेन्ट लागेर एक जना घाइते भएका छन्।  घाइते हुनेमा सोहि ठाउँका २६ बर्षिय भुपेन्द्र थापा रहेको प्रहरी निरिक्षक साँवदले बताए।

घाइतेको दुल्लु अस्पतालमा उपचार भईरहेको छ। विद्युत विस्तारका लागि गाड्न लागिएको पोल नजिकै रहेको करेन्ट प्रवाह भईरहेको विद्युत लाइनमा ढल्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।

भैरबी गाउँपालिकामा हाल सामुदायिक विद्युतीकरण साझेदारी कार्यक्रम अन्तरगर्त विद्युत विस्तारको काम भईरहेको छ। जिल्लामै पहिलोपटक भैरबी गाउँपालिकाको सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रम स्वीकृत भएको थियो। विद्युत विस्तारका क्रममा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखसँग समन्वय नगर्दा उक्त घटना घटेको केन्द्रप्रमुख शिवजीप्रसाद शाहले बताए। 

‘सामुदायिक विद्युतीकरण साझेदारी कार्यक्रम अन्तरगर्त विद्युत विस्तारको जिम्मा रेनु कन्ट्रक्सन ललितपुरले जिम्मा पाएको छ,’ केन्द्र प्रमुख शाहले भने ‘नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखसँग समन्वय नगर्दा उक्त घटना भयो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.