आत्महत्या गरेकी किशोरी बलात्कार आरोपित दुई पक्राउ

आत्महत्या गरेकी किशोरी बलात्कार आरोपित दुई पक्राउ

राजविराज : बलात्कारपछि मृत्यु रोज्न बाध्य पारिएको घटनामा बलात्कारका मुख्य दुई आरोपित सप्तरीको सीमा क्षेत्रबाट पक्राउ परेका छन्।

    
सप्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्रको बलान बिहुल गाउँपालिका-४ बेल्हीबाट आरोपित सप्तरीको डाक्नेश्वरी नगरपालिका-७ ललीतपुरका १९ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डल र १८ वर्षीय बब्लु भनिने सुमनकुमार मण्डल पक्राउ परेको जनाएको छ।
    
इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका इन्स्पेक्टर धर्मराज मुडभरीका अनुसार बलात्कार घटनाका मुख्य दुई आरोपित पक्राउ परेको र दुई आरोपितको खोजी भइरहेको छ। बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन्। बलात्कारीविरुद्ध उजुरी गर्न गाउँलेहरूले रोक लगाएपछि सप्तरीको डाकनेश्वरी नगरपालिका- ७ ललितपुरकी १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मङ्गलबार आत्महत्या गरेकी थिइन्।
    
सामूहिक बलात्कारका चार आरोपितविरुद्ध उजुरी गर्न प्रहरी कार्यालय जान खोज्दा पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने तीन जना पञ्चलाई प्रहरीले मङ्गलबार नै पक्राउ गरेको छ। शत्रुघ्न मण्डलको घरमा बसेको छलफलमा सहभागी जयकान्त मण्डल, बासुदेब मण्डल र सत्यनारायण मण्डलसहित आठ जनाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ। गाउँलेहरुको अनुसार छलफलमा १० जना सहभागी थिए। छलफलमा सहभागी भएको भन्दै प्रहरीले मङ्गलबार सोही ठाउँ घर भएका डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ कार्यालयका वडा सचिव रामसेवक मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गरेर छाडेको छ। 

पञ्चहरुले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएका थिए। पञ्चले ५५ हजारमा किशोरीको अस्मिता किनबेच गरेको व्यङ्ग्य गर्दै घटना सार्वजनिक गरे जातबाट निकाला गर्ने धम्की दिएका थिए। 

पञ्चहरुको फैसलाका कारण थप मानसिक पीडामा पुगेकी किशोरीले सो पीडा सहन नसकी आत्महत्या गरेकोले पञ्चहरुलाई पनि आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै इन्स्पेक्टर मुडभरीले पक्राउ परेकाहरुको वयानका आधारमा थप आरोपित पत्ता लागे उनीहरुलाई पनि कारवाही गरिने बताए। 

धानखेतमा पानी धेरै लागेको भए आली काटेर पानी बगाउन सोमबार बिहान खेत गएकी किशोरीलाई चार जनाले पछाडिबाट समातेर आलीमै लडाएर बलात्कार गरेका थिए। घटनाका बारेमा पीडितकी आमाले आफ्नो जातीय समुदायमा जानकारी दिँदै न्यायको भिख माग्दा पञ्चले बलात्कारीकै पक्ष लिएर निर्णय सुनाउँदा पीडितले आत्महत्या गरेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशन भएपछि गाउँमा देशको कानुन नभई आफ्नै कानुन प्रयोग गरी फैसला गर्ने (पञ्चेती) प्रवृतिको सर्वत्र विरोध भइराखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.