६ महिनापछि आन्तरिक उडान

६ महिनापछि आन्तरिक उडान

पोखरा : कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएसँगै ६ महिनादेखि बन्द आन्तरिक नियमित हवाई उडान सोमबारदेखि पुनः सुरु भएको छ। लामो समय उडान बन्द रहँदा वायुसेवा कम्पनीहरूले १० अर्बभन्दा बढी नोक्सानी व्यहोरेका छन्।  

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडान पनि सञ्चालन भएका हुन्। अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएर उडान सुरु भएको वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले बताए। बुद्ध एयरको विमानबाट पहिलो फ्लाइटमा सोमबार वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष थापासहितको टोली पोखरा आएका थिए। 

यात्राको क्रममा विमानका पाइलट, प्राविधिक, क्रु मेम्बरलगायत कर्मचारी र यात्रुले कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको पाइएको संघका अध्यक्ष थापाले जानकारी दिए। यात्रुले यात्रा अवधिभर कुनै झन्झट नमानी माक्स र भाइजर लगाएका थिए। यात्रा गर्नुअघि विमानस्थलमा ज्वरो नाप्ने, झोला सेनिटइज गर्ने, यात्रुले साबुनपानीले हात धुने र सेनिटाइजर लगाउने व्यवस्था मिलाइएकाले हवाई यात्रा सुरक्षित रहेकाले ढुक्कका साथ यात्रा गर्न संघका अध्यक्ष थापाले अनुरोध गरे। 

विमान पोखरा विमानस्थल अवतरण गरेर यात्रु झरेपछि यात्रुले छुने जहाजको पार्टमा सेनिटाइज गरिएको थियो। जहाजमा चढ्दा र ओर्लदा डिस्टेन्स मेन्टेन गरी ५÷५ जना यात्रुलाई ओर्लन र जहाज चढ्ने व्यवस्था मिलाइएको थियो। यसरी विमानस्थलमा पुगेदेखि जहाजको यात्रा अवधिभर र ओर्लेर गन्तव्यतर्फ नगएसम्म उच्च सतर्कता अपनाइएको र यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पु¥याउन सक्षम रहेकाले ढुक्क भएर यात्रा गर्न यात्रुलाई संघका अध्यक्ष थापाले अनुरोध गरे। 

पहिलो दिनको हवाई उडानमा ८० प्रतिशत यात्रुले यात्रा गरेकाले उत्साह मिलेको वायुसेवा सञ्चालकले बताएका छन्। पहिलो दिन १६ वटा फ्लाइट गर्दै गरेको पनि थापाले जानकारी दिए। बुद्ध एयर, यती, श्रीएर, सिम्रिक एयर, समिट एयरले आ–आफ्नो क्षमताअनुसार यात्रु बोक्नेछन्।  

यात्रुको चापलाई हेरेर थप जहाज उडान थप्दै जाने उनले बताए। वायुसेवा सञ्चालक संघले छिट्टै नै जोमसोम, लुक्ला, सिमिकोटलगायत दुर्गम पहाडी क्षेत्रको उडान पनि सञ्चालन गर्ने थापाले बताए। पर्यटन प्रवद्र्धनका लागि नयाँ पर्यटकीय गन्तव्यस्थलमा पनि हवाई उडान सञ्चालन गर्ने योजनामा वायुसेवा सञ्चालक संघ रहेको अध्यक्ष थापाले जानकारी दिए। पोखरा विमानस्थलबाट यात्रु जाने र आउने क्रममा उच्च स्वास्थ्य सर्तकता अपनाइएको पोखरा विमानस्थलमा प्रमुख भोलाप्रसाद गुरागार्इंले बताए।

सरकारले पहिलो चरणमा सामान्य अवस्थामाभन्दा २५ प्रतिशत मात्र उडान गर्न अनुमति दिएकाले त्यही अनुसार उडान सुरु भएको बुद्ध एयरका प्रमुख कार्यकारी प्रबन्धक पारासजंग पाण्डेले बताए। पोखरामा नियमित ७ देखि ८ वटासम्म उडान हुनेमा अहिले दुई उडान मात्र सञ्चालन गरेको उनले बताए। आवश्यकताअनुसार उडान थप्दै जाने उनले जानकारी दिए।  

पोखरा पर्यटकीय सहर भएकाले समान्य अवस्थामा विदेशी पर्यटक पनि धेरै यात्रा गर्थे। अहिले कोभिडका कारण विदेशी यात्रु नहुने भएकाले आन्तरिक पर्यटकलाई नै लक्ष्य गरी उडान सेवा सुरु गरिएको उनले बताए। आन्तरिक पर्यटकलाई चलयमान बनाउन दुई रात तीन दिनको जहाज टिकट, होटल र ब्रेकफास्टको व्यवस्था मिलाइएको उनले बताए। यो प्याकेजमा प्रतिव्यक्ति ६ हजार रहने पनि उनले जानकारी दिए। 

बुद्ध एयरको पहिलो फ्लाइटमा काठमाडौंबाट ५१ जना महिला तथा पुरुष र ५ जना बालबालिका पोखरा आएका थिए। यसै गरी पोखराबाट ५७ जना यात्रु काठमाडौं गएको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.