गैरआवासीय नेपाली संघको यूरोपियन सम्मेलन अक्टोबर ३ र ४ मा

गैरआवासीय नेपाली संघको यूरोपियन सम्मेलन अक्टोबर ३ र ४ मा

ब्रसेल्स : गैर आवासीय नेपाली संघको यूरोपियन क्षेत्रीय सम्मेलन आगामी अक्टोबर ३ र ४ मा हुँदैछ ।

'मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान' नारासहित गरिने यूरोप क्षेत्रीय सम्मेलन भर्चुअल रूपमा सञ्चालन हुनेछ । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार उक्त ११ औँ क्षेत्रीय सम्मेलनपछिको बैठक पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नेछन् ।

हाल संघको विभिन्न क्षेत्रीय सम्मेलन भइरहेका बेला यूरोप क्षेत्रीय सम्मेलन विशेष रहने यूरोप संयोजक आचार्यको दाबी छ । महिला सम्मेलनमा अभिनेत्री मनिषा कोइराला, नेत्री रामकुमारी झाँक्री, अनुराधा कोइराला लगायतको उपस्थिति हुनेछ ।

यूरोप महिला संयोजक योगिता थापाले यूरोपको यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मिडिया संयोजकको रूपमा यूरोप क्षेत्र सहसंयोजक शुक्र न्यौपानेको संयोजकत्वमा मिडिया समितिको समेत घोषणा गरेको बताइन् ।

समितिको सल्लाहकारहरूमा एनआरएनए  केन्द्रीय प्रवक्ता डिबी क्षेत्री, भगिरथ योगी, केजिन राई , नरेश खपाङ्गी, ओम शर्मा, योगेन्द्र मिलन छन्त्याल, विपिन निरौला सहितको मिडिया समितिको घोषणा गरिएको छ ।

सम्मेलनको पहिलो दिन  युरोपमा नेपाली पत्रकारिता, महिला, युवा,यूरोपभरका राष्ट्रिय समन्वय परिषद गतिविधि, नेपाली  नागरिकताको निरन्तरता  र मताधिकार, गोर्खा सवाल बारे छुट्टा छुट्टै शेसनमा छलफल र बहस हुने बताइएको छ । दोश्रो दिन कृषि ,उर्जा र वातावरण, विज्ञान प्रविधि, स्वास्थ्य र चिकित्सा पूर्वाधार लगायत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै छलफल गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.