कर्मचारीमा कोरोना देखिएपछि कञ्चनरुप नगरपालिका सिल

कर्मचारीमा कोरोना देखिएपछि कञ्चनरुप नगरपालिका सिल

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि नगरपालिका कार्यालय सिल गरिएको छ ।
राजविराज नगरपालिका–१५ घर भइ हाल कञ्चनरुप नगरपालिका–८ बस्ने ४० वर्षीय कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सबै सेवाहरु एक साताका लागि सिल गरिएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले शुक्रबार एक सूचना जारी गर्दै असोज ९ गते देखि १५ गते सम्मका लागि कार्यालय सिल गरिएको जनाएका छन् । सूचनाअनुसार नगरपालिकाबाट प्रवाहा हुने शिक्षा स्वास्थ्य, कृषि, पशु लगायतका सबै सेवा बन्द गरिएको छ । नगरपालिकाको ८ बाट हुने सम्पूर्ण सेवा समेत बन्द गरिएको सूचनामा उल्लेख छ ।

संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका २ छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको र नगरपालिकाका अन्य कर्मचारीको मङ्गलबार स्वाब संकलन गरिने खडकाले जानकारी दिए ।

नगरपालिकाका कर्मचारीहरु कोरोना संक्रमणको जोखिममा परेकाले एक सातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.