बयलपाटा अस्पतालमा रगत अभाव, दाह्री ग्याङ जुट्यो संकलनमा

बयलपाटा अस्पतालमा रगत अभाव, दाह्री ग्याङ जुट्यो संकलनमा

अछाम : बयलपाटा अस्पतालमा रगतको चरम अभाव भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण अन्य अस्पतालबाट रेफर गरिएका विभिन्न रोगका बिरामीको उपचार गर्नु परेकाले अस्पतालमा रगत अभाव भएको बयालपाटा अस्पतालका स्वास्थ सेवा निर्देशक डा. विकास गौचनले बताए ।

डा.गौचनले कोरोना महामारी हुनुपूर्व बयालपाटा अस्पतालमा मासिक २० देखि ३० प्वाइन्ट रगत आवश्यक पर्नेमा हाल दैनिकजसो ३ देखि ४ प्वाइन्ट रगत आवश्यक परिरहेको बताए । 

कोरोना महामारी कारण रक्तदान कार्यक्रम नहुनु, रक्तदाता सहजै नभेटिनु , रगत दान गर्नुपर्छ भन्ने जनचेनता नहुँदा रगत अभावको मुख्य समस्या भएको डा.गौचनले बताए । उनले भने, 'अस्पतालमा मौज्दात रगत नहुँदा रगत आवश्यक पर्ने गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा समस्या हुने गरेको छ । कोभिड १९ का कारण सहजै रक्तदाता फेला पर्देनन् । रगत अभावको कारण ज्यानैसम्म जानसक्ने खतरा सिर्जना भएको छ। 

कहिले काही त बिरामीका आफन्तले समेत रगत दिन मान्दैनन् । अस्पतालमा सुत्केरी हुन आउने महिलालाई तुरुन्तै रगत दिनुपर्दा झनै समस्या भएको अस्पतालले जनाएको छ।

अस्पतालले रगत आवश्यक पर्दा अछाममा गठित युवाहरुको समूह दाह्री ग्याङ्गले नै गुहार्ने गरेको छ । रगत आवश्यक पर्दा दाह्री ग्याङ्गका युवाहरुलाई नै खबर गर्ने गरेको गौचनले बताए । 

रगतको समस्या हुदाँ दाह्री ग्याङ्ग सदस्य र दाह्री ग्याङ्गको सहजीकरणमा रगतदान हुँदै आएको छ । दाह्री ग्याङ्ग अछाममा स्थापना भएको केही महिनामै २६ प्वाइन्ट रगतदान गरी सकेको दाह्री ग्याङ्ग अछामका संयोजक उमेश कुँवरले बताए ।

अस्पतालमा रगतको चरम अभाव भएपछि दाह्री ग्याङ्गले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १० भन्दा बढीले रगतदान गरेको कुँवरले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.