अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु
अछाम : अछाममा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ।
डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो। जिल्लामा हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ। संक्रमितको संख्या १ हजार २२ रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !