उखुबारीमा अर्धनग्न अवस्थाामा किशोरीको शव भेटियो

उखुबारीमा अर्धनग्न अवस्थाामा किशोरीको शव भेटियो

रौतह : रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार १४ वर्षकी किशोरीको हत्या भएको  छ।  बलत्कारपछि किशोरीको हत्या भएको अनुमान प्रहरीले गरेको छ। 

गढीमाई नगरपालिका १ समनपुर घर भएर बृन्दावन नगरपालिका-४  पल्टुवास्थित मामाको घर बस्दै आएकी सिताराम साहकी छोरी सन्जा कुमारी साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका जनाएको छ। 

बिहान १० बजे तिर घाँस काटन गएकी साह साँझसम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा अर्धनग्न अवस्थामा  शव स्थानीय होस नारायण यादवको उँखुबारीमा फेला परेको पारेका थिए। 

शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने  स्थानीयले बताएका छ्न्। घटनाको  अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.