कोरोना जाँच्‍न गएका बसिर अस्पतालबाटै बेपत्ता

कोरोना जाँच्‍न गएका बसिर अस्पतालबाटै बेपत्ता

दमौली : व्यास-३ निवासी बसिर अहमद मियाँलाई गत मंगलबार ज्वरो आयो । उनी जँचाउनका लागि दमौलीको अपोलो अस्पताल गए । तर त्यहाँका चिकित्सकले उनलाई पोखरा जान सल्लाह दिए । सोही दिन उनलाई पोखराको चरक अस्पतालमा भर्ना गरियो । तर त्यहाँको शुल्क महँगो भएपछि परिवारले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगे । 

प्रतिष्ठानले ज्वरोका बिरामी भएकाले कोरोना आशंकामा प्री आइसोलेसनमा भर्ना गर्‍यो । सोही दिन उनको कोरोना परीक्षणका लागि स्वाब लिने तय गरिएको थियो ।  तर स्वास्थ्यकर्मी नआउँदै उनी अस्पतालबाट बेपत्ता भए । त्यसयता उनी भेटिएका छैनन् । 'कता जानुभयो के भयो अहिलेसम्म अत्तोपत्तो छैन, 'भाइ मोहम्मद अजिजले भने ।

पत्नी नजिराका अनुसार उनी अस्पतालको सेवाबाट असन्तुष्ट थिए । 'खोरजस्तो ठाउँमा कसरी बस्न सकिन्छ भन्दै हुनुहुन्थ्यो,' उनले भनिन्, 'यस्तो फोहोर ठाउँ पनि अस्पताल हुन्छ भनेर गुनासो गर्नुभएको थियो ।'

आफूलाई कोरोना नभएको जिकिर गर्दै आएका मियाँको स्वाब संकलन गर्न बिहीबार ३ बजे चिकित्सक आउँदै थिए । तर उनी त्योभन्दा अघि नै बेपत्ता भए ।  'म फोनमा बोल्दै थिएँ, 'पत्नी नजिराले भनिन्, 'उहाँ बाहिर निस्केको देख्दा नदेख्दै हराउनुभयो ।'

उनले बिरामी हराउनुमा अस्पतालको लापरबाही भएको गुनासो गरिन् । 'अस्पतालमा गार्ड पनि हुन्छन्, नर्स पनि छन्,' उनले भनिन्, 'प्री आइसोलेसनबाट निस्किएको बिरामी पनि रोकिएन ।'अस्पतालसँग गुनासो गर्दा उल्टो आफूलाई आरोप लगाएको गुनासो नजिराको छ । भाइ अजिजले सीसीटीभी रेकर्डमा पनि नदेखिएकाले अचम्म लागेको बताए । 'निस्कने ठाउँमा सीसीटीभी नै रहेनछ, 'उनले भने, 'अब कता गएको के भएको केही थाहा पाउन सकिएन ।'

परिवारका अनुसार बसिरको साथमा रहेको फोन पनि अस्पतालभित्रै थियो । उनले त्यसयता घर सम्पर्क पनि गरेका छैनन् । ' सुरुमै अस्पतालले सावधानी अपनाइ दिएको भए यस्तो हुन्थेन,' अजिज भन्छन्, 'सानो लापरबाहीले हामीलाई साह्रै तनाव दियो ।'

हाम्रो दोष छैनः अस्पताल

अस्पताल प्रशासनले भने कुरुवा हुँदै गर्दा बिरामी हराउनुमा आफूहरुको कुनै दोष नरहेको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने,'बिरामीको कुरुवा नै सँगै भएकाले उहाँहरुले हेर्नुपर्ने हो ।' 

उनले प्री आइसोलेसन वार्डमा सीसीटीभी नराखिएकाले प्रहरीलाई अनुसन्धानका लागि भनिएको बताए । अस्पतालको सेवा सुविधाबारे भने अरु बिरामीको गुनासो नआएको उनले जिकिर गरे । 'असुविधा भएको भए भन्नुपर्ने हो । अरु बिरामी बसिरहेका छन्, 'उनले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.