जबरजस्ती करणीको मुद्दा मिलाउन पीडित परिवारलाई नै दबाब
कपिलवस्तु : जबरजस्ती करणीको मुद्दा मिलाउन स्थनीय अगुवाहरुले दबाब दिनथाले पछि जबरजस्तीकरणीमा परेकी युवती र उनका परिवार न्यायको खोजीमा भौतारिएका छन् । जबरजस्ती करणीको शिकार बनेकी मायादेवी गाउँपालिका ४ की १६ वर्षीया युवती र उनको परिवारलाई डर धम्की देखाउँदै कतै उजुर नगर्न पिडक पक्षबाट उनीहरुलाई दबाब आएको छ ।
शुक्रबार राती स्थानीय १९ वर्षीय युवा नवसादफकिरले आफूलाई जबरजस्तीकरणी गरेको पीडित युवतीले बताइन् । घटनापछि गाउँमै घटना मिलाउन भन्दै स्थानीयले आफूहरुलाई दबाब दिएको पीडित युवतीका बुवाले बताए ।
'आफ्नी छोरीमाथि भएको जघन्य अपराधको घटनालाई मिलापत्रमा होइन कानुनी प्रक्रियाबाट दोषीलाई कडा कारवाहि होस् भन्ने आफूहरुको माग छ,' उनले भने । स्थानीय अगुवाले डर धम्की दिएपनि आफूहरुलाई न्याय चाहिने भन्दै पीडित युवतीका बुवाले जिल्ला प्रहरी कार्यालयमा फकिरविरुद्ध जबरजस्ती करणी मुद्धा दर्ता
गराएका छन् ।
भारतमा रहेका हजुर बुवा बिरामी भएपछि शुक्रबार मेरो आमा-बुवाभारततर्फ गएको मौका छोपेर गाउँकै नवसादफकिर हाम्रो घरमा राती आयो । घरको बत्ती निभाइ दियो, पीडित युवतीले भनिन्,' घरमा म, मेरो छिमेकी साथी र सानो भाइ सुतेका थियौं । मलाई आएर नौशादले जवरजस्ती तानेर घर नजिकै लग्यो । अनि म माथि
जवरजस्ती करणी गर्यो ।'
'म रोइकराइ गरेपछि छिमेकी आउँदा उ भाग्यो, पीडितयुवतीले रुँदै भनिन्, 'यसलाई ठूलो सजाय हुनुपर्छ । मेरो इज्जत लुटेको छ,उनले भनिन्।' घटनाको प्रत्यक्षदर्शी पीडितयुवतीसँगै सुतेकी अर्की युवतीलाई पनि नौशादले घटना कसैलाई नभन्नु नत्रतलाई पनि मारिदिन्छु भन्दै धम्की दिएको प्रत्यक्षदर्शी युवतीले बताइन् ।
सो घटनाको बारेमा मुद्धा दर्ता भइसकेको र प्रहरीले आरोपीफकिरलाई पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।मुद्दाको थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
जवरजस्तीकरणी जस्ताजघन्य अपराधका घटनाहरु कानुनअनुसार कारवाही प्रक्रियामा अघि बढ्छन्, प्रहरी उपरीक्षक अधिकारीले भने, 'यसमा मिलापत्रको कुनै गुन्जाइस छैन । कसैले मिलापत्र गराउन खोजे उनीहरुलाई पनि कारवाही हुन्छ ।'
घटनालाई मिलापत्र गर्न नमानी मुद्दा दर्ता गराउँदा पीडित पक्षले आफूहरु असुरक्षित महशुस गरेका छन् । आरोपी नौशादफकिरको ६ भाइहरु रहेको र उनीहरुबाट आफूहरुलाई डर समेत रहेको पीडित युवतीका बुवाले बताए।
प्रतिक्रिया दिनुहोस !