दसैंलाई स्वदेशकै खसी

दसैंलाई स्वदेशकै खसी

तानसेन,अर्घाखाँची : बाख्रापालन व्यवसाय फस्टाएका कारण यो वर्ष दसैंका लागि स्थानीय खसीबोकाले नै बजार माग पूरा हुने भएको छ। लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी र अर्घाखाँचीमा पर्याप्त खसी उत्पादन भएपछि बजारमा स्वदेशी खसीबोकाकै मासु बिक्री भइरहेको छ। दसंका लागि भारतबाट खसी ल्याउन नपर्ने अवस्था आएको छ।

पाल्पा, अर्घाखाँची र गुल्मीमा व्यावसायिक बाख्रापालनमा आकर्षण बढेपछि खसीबोकामा परनिर्भरता कम हँुदै गएको व्यापारी बताउँछन्। भारतबाट आयात हुने खसीबोकाको खपत निकै कम भएको छ। यी जिल्लाबाट काठमाडौं, पोखरामा पनि खसीबोका पठाउन थालिएको छ। भारतीयभन्दा नेपाली खसी स्वास्थ्यका लागि पनि राम्रो र खान पनि स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ।

व्यावसायिक रूपमा बाख्रापालन गरेका किसानलाई खर्च जुटाउनसमेत सहज भएको छ। पाल्पाका महिलाले खसीबोका बेचेर लाखौं कमाएका छन्। खसीबोकाबाट प्रशस्त आम्दानी भएपछि पाल्पाका महिला उद्यमी व्यावसायिक बाख्रापालनमा जुटेका छन्। पाल्पाली महिला उद्यमीले दसंका लागि मात्रै ५३ सय खसीबोका बिक्री गर्न तयार पारेका छन्। 

पाल्पाको रम्भा गाउँपालिका—२ फोक्सिङकोटकी भूमिसरा ठाडामगरले दसैं नजिकिँदै गर्दा दुईवटा खसी बेचेर ५१ हजार रुपैयाँ आम्दानी गरिन्। तिहारका लागि पनि उनले दुईवटा खसी बिक्री गर्ने योजना बनाएकी छन्। बगनासकाली गाउँपालिका-४ खानीछापकी भगवती दर्लामीले दसैंको मुखैमा एउटा खसी बेचेर १८ हजार २ सय ७५ रुपैयाँ आम्दानी गरिन्। 

दर्लामीले पनि खसी बेचेकै पैसाले दसैं मनाउने भएकी छन्। खानीछापकै नरमती चौहानले ९ वटा खसी बिक्री गरेर १ लाख १२ हजार ७ सय ६० आम्दानी गरेकी छन्। पूर्वखोला गाउँपालिका–१ सिलुवाकी पूर्णकुमारी श्रेष्ठले १४ वटा खसी बोकोबिक्री गरेर १ लाख ५६ हजार आम्दानी गरिन्। खानीछापकै मायाँसरा बाकावले ४ वटा खसी बेचेर ७२ हजार आम्दानी गरिन्। रैनादेवीछहरा गाउँपालिका- ५ मुझुङकी विमला नेपालीले  ८० हजारमा पाँच वटा खसी  बिक्री गरिन्। 

महिलाले उत्पादन गरेका खसीबोका व्यापारीहरूले सहकारीमार्फत बिक्री गरिन्छ। पाल्पामा दसैं तिहारलाई लक्षित गरेर ५३ सय खसीबोका राखिएकोमा २१ सय बिक्री भइसकेको ३२ सय तयारी अवस्थामा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.