महाकाली नगरपालिकामा ५० जनामा कोरोना संक्रमण
दार्चुला : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूसालका अनुसार परीक्षण गराएका ८४ जनामध्ये ५० जनामा संक्रमण देखिएको हो।
योसँगै दार्चुलामा कोरोना संक्रमण हुनेको संख्या २५० पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस !