अन्‍नपूर्ण समाचार प्रभाव: सुनिताले पाइन् घर

अन्‍नपूर्ण समाचार प्रभाव: सुनिताले पाइन् घर

मलंगवा : सात सन्तान सहित झुपडीमा बस्दै आएकी चक्रघट्टा गाउँपालिका ६ गोइयाहीकी सुनिता देवी महतोले घर पाएकी छन् । पूर्व सभासद नरेन्द्र साहले उनलाई घर बनाइदिएका हुन् ।

गत वर्ष वर्षाका कारण फुसको घर भत्केपछि उनी सात सन्तान सहित झुपडीमा बस्दै आएकी थिइन् । ३ वर्ष पहिले श्रीमान् राजेन्द्र महतोको मृत्यु भएपछि आर्थिक अभावलले थलिएकी सुनिता गाउँघरमा मागेरै ७ सन्तानलाई पाल्दै आएकी थिइन् ।

सम्पतिको नाउँमा ५ धुर घडेरी मात्र रहेको सुनितालाई सन्तान पाल्नु की घर बनाउने चिन्ता थियो । पूर्व सभासद साहले घर बनाई दिएपछि उनी अहिले दंग परेकी छिन् । गतवर्ष फागुन १२ गते “मागेरै सात सन्तानको गुजारा” भन्ने शिर्षकमा अन्नपूर्णमा समाचार छापिएपछि सभासद साहले घर बनाइदिएका छन् ।

‘श्रीमानको मृत्यु भएपछि बिच्चलीमा परेको थियौं’, सुनिताले भनिन्, ‘गाउँघरमा आफु सहित दुई सन्तान मागेर ल्याएपछि गुजारा चल्थ्यो । परिवार पाल्नु कि घर बनाउनु भन्ने चिन्ता थियो । पूर्व सभासद साहले घर बनाइदिएपछि झुपडीको बासबाट छुटकरा मिलेको छ ।’

साहले दुई तल्ले काठको घर र पक्की चर्पी बनाइदिएका हुन् । एक वर्षदेखि झुपडीमा बस्दैआएकी सुनिताको साथमा ५ छोरी र २ छोरा छन् । एउटा कुनामा चुल्हो र अर्को कुनामा सबैजनाको बसोबास थियो । अहिले तल भान्सा घर र माथि सबैजना बस्ने गरेका छन् । घर बनाइदिएर पूर्व सभासद साहले गुण लगाएको सुनिता बताउँछिन् ।

कान्छो छोरा पेटमै रहेको बेला श्रीमानको मृत्यु भएको सुनिताले बताइन् । छोरीहरु गाउँबाट मागेर ल्याएर सानो छोरालाई पालन पोषण गर्थे । अब ज्याला मजदुरी गरेर सन्तान पाल्ने बताउँछिन् सुनिता । आर्थिक अभावका कारण सन्तानलाई स्कुल समेत पठाउन नसकिएको उनी बताउँछिन् । अब छोराछोरीलाई पनि स्कुल पठाउने उनले बताइन् । घर बनेपछि व्यापार गर्ने योजना रहेको पनि उनले सुनाइन् ।

अन्नपूर्णमा छापिएको समाचार पढेपछि आफु घर बनाउन गाउँमा आएको सभासद साहले बताएका छन् । ‘अन्नपूर्णमा समाचार पढेपछि गाउँमा उनको अवस्था हेर्न आएका थियौं । अवस्था निकै दयनीय देखेपछि सहयोग गर्न मन लाग्यो,’ साहले भने ।

साहले काठको दुईतल्ले घर बनाइ शनिबार बेलुका हस्तान्तरण गरेका छन् । हस्तान्तरणको समयमा सभासद साहले बालबालिका सहित सुनितालाई नयाँ लुगा पनि बितरण गरे । यसअघि समाचार पढेरै ललितपुर नगरपालिका १ कुपण्डोलका बलराम केसीले २५ हजार सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.