डाक्टर नपाउँदा कोरोना अस्पताल सञ्चालनमा समस्या

डाक्टर नपाउँदा कोरोना अस्पताल सञ्चालनमा समस्या

बेनी : चिकित्सक नपाउँदा म्याग्दीका गाउँपालिकाहरुले स्थापना गरेको कोरोना अस्पताल प्रभावकारी रुपमा सञ्चालन गर्न समस्या भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना अनुसार पालिकास्तरमा कोरोना अस्पताल स्थापना भएपनि जनशक्ति अभाव भएको हो । उपकरण र पूर्वाधार जुटाएपनि चिकित्सक र स्वास्थ्यकर्मी पाउन सकेका छैनन् । 

प्रत्येक पालिकाले एकजना चिकित्सक, दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी पदमा विज्ञापन गरेका थिए । मालिका गाउँपालिकाले मात्र सबै जनशक्ति पाएको छ । धवलागिरीका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीका लागि मात्र आवेदन परेकाले विज्ञापनको म्याद थप गर्न लागिएको बताए । 

'मौजुदा जनशक्तिलाई परिचालन गरेर कोरोना अस्पतालको सेवा सुरु गरिहाल्ने तयारीमा छौं,’उनले भने । छोटो अवधिका लागि थोरै सेवा सुविधामा दुर्गम र ग्रामिण क्षेत्रमा गएर जोखिमयुक्त काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीले रुची नखाउँदा कर्मचारी अभाव भएको हो।

अन्य पालिकाहरुले पनि कोरोना अस्पताल सञ्चालनका लागि चिकित्सक खोजिरहेका छन् ।  तीन महिनासम्मका लागि कोरोना अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीका ५ वटा स्थानीय तहलाई दश/दश लाख रुपैयाँ पठाएको थियो । 

मंगला गाउँपालिकाले अर्मन स्वास्थ्य चौकीको भवनमा कोरोना अस्पताल स्थापना गरी सञ्चालन समेत गरिसकेको छ । मालिका गाउँपालिकाले दरबाङमा ५ शैयाको कोरोना अस्पताल र १५ शैया क्षमताको प्रिआइसोलेसन स्थापना गरेको छ ।

मुनाको घट्टखोलास्थित सामुदायिक भवनमा १० शैया क्षमताको आइसोलेसन बनाएको धवलागिरी गाउँपालिकाले ताकम स्वास्थ्य चौकीमा कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । धवलागिरीका अध्यक्ष थमसरा पुनले कोरोना अस्पताललाई साधारण अस्पतालमै रुपान्तरण गर्ने गरि जनशक्ति व्यवस्थापन गर्न लागिएको बताइन् ।  

रघुगंगा गाउँपालिकाले पिप्ले र अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा कोरोना अस्पताल स्थापना गरेका छन् । औषधी, अस्सिजन सिलिण्डर, बेड बिस्तारालगायतका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको छ । 

लक्षण नभएका संक्रमितलाई प्रिआइसोलेसन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको मालिका गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सन्तु कार्कीले बताए। करिब दुई हजारवटा स्वाब नमूनाको परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि भएको जसमध्ये दुईजनाको ज्यान गएको म्याग्दीमा हाल ४० जना सक्रिय संक्रमित छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.