एआईजीमा पोखरेलको सिफारिस, महानिरीक्षक बन्‍ने बाटो खुल्यो

एआईजीमा पोखरेलको सिफारिस, महानिरीक्षक बन्‍ने बाटो खुल्यो

काठमाडौं : सरकारले प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा सिफारिस भएका पोखरेल नै भावि आईजीपीका एक्ला दाबेदार हुन् । यो बढुवा सिफारिससँगै खाली भएका रिक्त दरबन्दी पूर्तिको बाटो खुलेको छ । सरकारले मंसिर ४ गते एक एआईजी र पाँच डीआईजीको दरबन्दी प्रहरी किताबखानामा दर्ता गरेको थियो ।

सरकारले थपिएको एआईजी दरबन्दीमा डीआईजी पोखेरल सिफारिस भएपछि एक जना थप डीआईजीको दरवन्दी खाली भएको छ । अब नयाँ एक, पुराना खाली तीन र हाल थपिएको पाँच गरी ९ जना डीआईजी दरवन्दी खाली हुनेछन् । खाली दरवन्दीमा कस्लाई सिफारिस गर्ने भन्ने टुंगो बढुवा समितिको बैठकले निर्धारण गर्ने जानकारी समितिका एक सदस्यले बताए ।

आगामी साताभित्रै बढुवा समितिको बैठक बसेर रिक्त दरबन्दीमा बढुवा सिफारिस गर्ने तयारी गृह मन्त्रालयको छ । मंसिर ४ गते सरकारले एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

डीर्आइजीका लागि हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीकै ब्याचकालाई माथि ल्याउनुपर्ने चुनौती क्षेत्रीमाथि छ । क्षेत्रीका ब्याचका एसएसपीहरु गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

यस्तै, एसएसपीहरु उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।

एसपीबाट एसएसपीको बढुवा आकांक्षीहरुमध्ये चार जना डीआईजी विश्व पोखरेलकै ब्याचीका छन् । एसपीहरु उमाशंकर पञ्जियार, गोविन्द कुमार साह, जनकराज पाण्डे र सुदिपराज भण्डारी एसएसपी बढुवाका मुख्य दाबेदार मानिन्छन् ।

प्रहरी मुख्यालयस्थित कर्मचारी प्रशासन महाशाखाका अनुसार एआईजी र डीआईजीको बढुवा सिफारिस भएपछि एसएसपीमा ९, एसपीमा १०, डीएसपीमा १२ र प्रहरी निरीक्षकमा १४ जना दरवन्दी खाली हुनेछ ।

प्रहरी महानिरीक्षक क्षेत्रीले बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई बढुवा सिफारिस गर्ने पक्षमा आफू नरहेको गृहसचिव महेश्वर न्यौपनोलाई जनाउ दिईसकेका छन् । तर, बढुवा आकांक्षीले राजनीतिक घरदैलो सुरु गरिसकेकाले क्षेत्री आफ्नो अडानमा कति टिक्न सक्लान्, त्यो सिफारिस सूचीले बताउने जानकारी प्रहरी मुख्यालयका एक उच्च अधिकृतले दिए । उनले भने, ‘आईजीपीसापको मनसाय सिनियरलाई नै अगाडी ल्याउने छ । तर, राजनीतिक दबाब आएको अवस्थामा उहाँले आफ्नो अडानलाई कसरी टिकाउन सक्नुहुन्छ थहाछैन।’ ति अधिकृतका अनुसार सीट थोरै तर आकांक्षी धेरै भएकाले बढुवा सिफारिसको टुंगो लगाउन सकस परिरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले थपिएको दरबन्दी प्रहरी किताबखानामा दर्ता भइसकेकाले अब बढुवा प्रक्रियाको बाटो खुलेको बताए । उनले भने, ‘केही दिन भित्रैमा बढुवा समितिको बैठक बसेर टुंगो लाग्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.