पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो । 

तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता  पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले जानकारी दिए । 

पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। दमौलीमा नेकपाको युवा मोर्चाले प्रदर्शन थालेको तथा निर्माण उपभोक्ताले उद्घाटन गरिछाड्ने भनेपछि निषेधाज्ञा जारी गरेको थियो।

प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग गरेका छन् । 

‘भर्खर प्रहरी परिचालन गरेर मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले भनेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.