ट्रक दुर्घटनामा ३ को मृत्यु

ट्रक दुर्घटनामा ३ को मृत्यु

दार्चुला : दार्चुलामा आईतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टले जानकारि दिए। उनका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा २४ वर्षीय चालक शेरसिंह कार्कीको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुलेको छैन।

गए राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो। प्रहरीले राती करिब साढे १२ बजे ट्रक खोल्सामा खसेको प्रहरीले जानकारी दिएको छ। तीनै जना ट्रकभित्रै मृत अवस्थामा फेला परेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.