दार्चुला ट्रक दुर्घटना अपडेट : मृतक तीनैजनाको सनाखत
दार्चुला : आइतबार ट्रक दुर्घटनामा परी मृत्यु भएका तीनैजनाको सनाखत भएको छ। ना ३ ख ३४८५ न को ट्रक मालिकार्जुन गाउँपालिकाको मेलखेतमा दुर्घटना भएको थियो।
मृत्यु हुनेमा चालक दोगडाकेदार गाउँ पालिका बैतडी न्वालीका २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका ६ का २५ वर्षीय धनबहादुर भण्डारी र शैल्यशिखर गाउँपालिका ९ नक्तडका १७ वर्षीय चन्द्र बिष्ट रहेको जिल्ला प्रहरि कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदम बहादुर बिस्ट्ले बताए ।
उनले भने, 'मृतकको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ भने आफन्तलाई खबर गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !