आगलागीबाट चार पसल जलेर नष्ट, एक करोडको क्षति

आगलागीबाट चार पसल जलेर नष्ट, एक करोडको क्षति

मलंगवा : सर्लाहीको हरिवन नगरपालिका ११ स्थित आगलगी हुँदा चार वटा पसल जलेर नष्ट भएका छन् ।

आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको पीडितहरुले बताएका छन् । आइतबार मध्यरातमा भएको आगलगीबाट सोही स्थानका कमल कार्कीको एक तल्ले घरमा पसल गर्दै आएका महेश साहको कपडा पसल तथा गोदाम, कैलाश साह, संजय साह र सुनिल साहको कपडाको पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलगीमा परी घरमा आंशिक क्षति भए पनि कपडा पसल पूर्ण रुपमा नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ । मानवीय तथा चौपाय क्षति भने भएको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय बासिन्दा र बारुण यन्त्रको सहयोगमा सोमबार बिहान २ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले क्षतिको यकिन विवरण तथा घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.