दार्चुलामा पनि कांग्रेसको विरोध प्रदर्शन
दार्चुला : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार अन्य जिल्लाहरुमा झैँ दार्चुलामा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरु दार्चुलाको सदरमुकाममा जम्मा भएर विरोध र्याली गरे । र्यालीमा बढी संख्यामा कांग्रेसका प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
पार्टी कार्यालय बाट सुरु भएको र्याली बाङ्गा बगड हुँदै खुलामञ्चमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका नेता ललित सिंह बोहरा, पुलेन्द्र बहादुर कार्की लगायत नेताहरुले सरकारको गतिविधिको आलोचना गरेका थिए ।
कम्युनिस्ट नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त हुँदै सर्वसत्तावादतर्फ उन्मुख भएको उनीहरुले बताएका थिए । साथै भ्रष्टाचारीहरु बालुवाटार पसेर जनताले तिरेको करको दुरुपयोग गरिरहेको उनीहरुको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस !