भूमिहिनले पाउने भए जग्गा

भूमिहिनले पाउने भए जग्गा

काठमाडौं : भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्ने बाटो खुलेको छ। सरकारले भूमि सम्बन्धी निमावली जारी  गरेपछि आवास र कृषि प्रयोजनका लागि  जग्गा वितरण सहज भएको हो। 

भूमि सम्बन्धि नियमावली हालै मन्त्रिपरिषद्बाट स्विकृत गरेको छ। नियमावलीले भूमिहिन दलित र सुकुम्बासीलाई बढिमा ५.९३  कठ्ठा (२ हजार वर्गमिटर) जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ। उपत्यका र सहरी क्षेत्रको हकमा १३० वर्गमिटर जग्गा दिने व्यवस्था गरिएको छ। एक पटकको लागि  भूमिहिन दलित, सुकुम्बासीलाई आवास र कृषि जमिनको व्यवस्था नियमावलीले गरेको छ।  आवासका लागि काठमाडौं र सहरीक्षेत्रमा १३० वर्गमिटर र अन्य  क्षेत्रमा ३४० वर्गमिटर जग्गा उपलब्ध गराइनेछ। कृषि प्रयोजनका लाति तराई र भित्री मधेशमा २ हजार  वर्गमिटर र हिमाल तथा पहाडमा ३ हजार वर्गमिटर जग्गा वितरण गरिनेछ। शहरी क्षेत्रमा कृषि प्रयोगका लागि जमिन उपलब्ध नगराइने निवयमालीमा व्यवस्था गरिएको छ। एउटै वस्तीमा सम्भव भएसम्म सबैलाई समान क्षेत्रफल हुने गरी जग्गा उपलब्ध गराउनु पर्नेछ।

० अव्यवस्थित बसोबासीलाई बढीमा डेढ विघा 
०  भूमिहिन सुकुम्बासीलाई ५.९३ कठ्ठा 
०  नियमावली हालै मन्त्रिपरिषद्बाट पारित 

वर्षौदेखि सरकारी सार्वजनिक जग्गामा बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीलाई कृषि प्रयोजनका लागि बढिमा डेढ विघा (१० हजार वर्गमिटर) सम्म जग्गा उपलब्ध गराउने व्यवस्था छ। आवास प्रयोजनका लागि काठमार्डौ उपत्यका र शहरी क्षेत्रमा १३० वर्गमिटर तथा अन्य क्षेत्रमा एक हजार वर्गमिटर जग्गा उपलब्ध लगाइने व्यवस्था गरिएको छ। 

अनौपचारिक क्षेत्रलाई विभिन्न  वर्गमा विभाजन गर्दै ८ देखि २  सय प्रतिशतसम्म दस्तुर लिएर जग्गा वितरण गर्ने व्यवस्था नियमावलीले गरेको छ। नियमावलीले जग्गा वितरणको जिम्मा भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीलाई जग्गा बाड्न बनेको भूमि सम्बन्धी समस्या समाधन आयोगलाई दिएको छ। यसरी सरकारले उपलब्ध गराएको जग्गा दश वर्षसम्म बेचविखन गर्न पाइनेछैन्। अव्यवस्थित बसोबासीको बर्गीकरणको आधारमा आयोगले दस्तुर निर्धारण गर्नेछ। अव्यवस्थित बसोबासीलाई  बसोबासीको आर्थिक अवस्था,बसोबास स्थिति,जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल,बसोवासको मूल्याङ्कन,आबाद कमोतको  अबधि,अन्यत्र जग्गा भए  नभएको लगायतको वर्गिकरण गरिएको छ।

नियामावलीमा स्थानीय तह, प्रदेश र संघको सहकार्यमा सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्य राखिएको छ। वषौदेखि ऐलानी जग्गा ठूलो संख्यामा मानिसको बसोबास छ। अव्यवस्थित बसोबासीले आफूलाई उपलब्ध गराउन माग गरेको जग्गामा निजले दश वर्ष अघिबाट आवाद कमोत आएका हुनुपर्छ। उनीहरुले  निश्चित दस्तुर तिरेर जग्गा पाउने छन्। यससँगै जोखिमयुक्त ठाउँमा बसेकालाई अन्यत्र पुर्नस्थापना गर्ने व्यवस्था पनि गरिएको छ। जोखिमयुक्त क्षेत्र, सामाजिक संस्कृति परम्परागत क्षेत्रको जग्गा भने उपलब्ध नगराइने व्यवस्था नियमवालीमा छ।  त्यसका लागि सरकारले बनाएको आयोगले काम समेत थालिसकेको छ। स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ। 
००००

जग्गा दिने नाम घुस 
मालपोत कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

उनीहरुमाथि सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई घुस लिएको आरोप छ। निःशुल्क गर्नुपर्ने काममा सेवाग्राहीलाई दुःख दिएर ३ लाख २० हजार घुस लिएको पुष्टि भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.