सीमा खुलाउन माग गर्दै १३ दिनदेखि रिले धर्ना

सीमा खुलाउन माग गर्दै १३ दिनदेखि रिले धर्ना

मलंगवा: हुलाकी सडकको स्तरोन्नती र नेपाल-भारत सीमा खोल्नुपर्ने माग राख्दै सर्लाही सदरमुकाम मलंगवामा सुरु भएको रिले धर्ना शुक्रबार १३ औं दिनसम्म पनि जारी छ ।

सर्वपक्षीय संघर्ष समितिले शहिद पार्कमा आयोजना गरिएको रिले अनशनको शुक्रबार प्रदेश सभा सदस्य उपेन्द्र महतोले नेतृत्व गरे । निर्वाचन क्षेत्र १ को क बाट जितेका प्रदेशसभा सदस्य महतो आफ्ना क्षेत्रका नेता तथा कार्यकर्ताका साथमा बिहान ९ बजेदेखि अनशनमा बसेका छन् । महतोको साथमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति तथा सर्व पक्षीय संघर्ष समितिको संयोजक मेथुर चौधरीले पनि साथ दिएका छन् ।

हुलाकी सडकको अवस्था जीर्ण हुँदा जिल्लाबासीमा परेको समस्यालाई ध्यानमा राखी आफु धर्ना बसेको महतोले बताए । हुलाकी सडकपछि जन्मेका अन्य सडकको स्तरोन्नती भएको तर, मधेशको जीवनसँग जोडिएको हुलाकी सडकको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको महतोले गुनासो गरे ।

‘भारतबाट प्लेनमा मानिसहरु दिनहुँ आइरहेका छन् । प्लेनबाट आउँदा कोरोना सरेको छैन ?’ महतोले सोधे । कोरोना सर्छ भन्दै नेपाल भारत सीमा बन्द गरेर मधेशीलाई सरकारले दुःख मात्र दिएको महतोको आरोप रहेको छ । सीमा बन्द हुँदा गहुँ र तेलहन बालीमा मल हाल्न पनि किसानले पाएका छैनन् ।

नेपाली बजारमा मलको अभाव छ । भारतबाट तस्करहरु चोरबाटो भएर ल्याएको मल किन्न महँगो पर्छ । सीमा बन्द हुँदा सबभन्दा बढी प्रभावित अहिले किसानहरु बनेको महतोले बताए । हुलाकी सडकको स्तरोन्नती र नेपाल भारत सीमा खोल्नु पर्ने ५ सुत्रीय माग सहित सर्लाहीमा मंसिर २१ गतेदेखि रिले धर्ना कार्यक्रम सुरु गरिएको हो ।आन्दोलनका कार्यक्रम अनुसार सर्वपक्षीय संघर्ष समितिले मंसिर २९ गते जिल्ला भरी मसाल जुलुश, ३० गते सदरमुकाम मलंगवा बन्द र पुष १ गते सर्लाही बन्द समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.