नफर्कंदै सुन लिन गएका मदनहरू
पुष ४, २०७७ शनिबार ११:१:०
नफर्कंदै सुन लिन गएका मदनहरू
बतासिँदै छन् अरे मुनाका यौवनहरू।
घरको दुःख साहुको ऋण सम्झेर गए ती
खाडीमै वित्दैछ कयौं मदनका जीबनहरू।
चिन्नै गाह्रो छ अचेल मान्छे र मेसिन
हराउँदैछ आपसमा खास आफ्नोपनहरू।
कोही हाँसुन् वा रोउन् लाग्छ सबै कृत्रिम
नाप्दा’नि छैन किन मान्छेमा मनहरू ?