सशस्त्र प्रहरीद्वारा १ लाख ६५ हजारको अवैध बिँडी बरामद

सशस्त्र प्रहरीद्वारा १ लाख ६५ हजारको अवैध बिँडी बरामद

बैतडी : बैतडीमा सशस्त्र प्रहरीले १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको बिँडी शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट बरामद गरेको हो। 

रातीको समयमा अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरु भने सशस्त्रको टोली देख्ने बित्तिकै बिँडी छोडेर भागेको बताइएको छ। ‘हाम्रो टोली देख्ने बित्तिकै अवैध बिँडी ल्याइरहेका बिँडी छोडेर भागे। हामीले बिँडी बरामद गरेर ल्यायौं’, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले भने। 

सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले जानकारी दिए । बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको उनले बताए। 

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म ३ लाख बढीको अवैध सामग्री बरामद गरेर भन्सार कार्यालयमा बुझाइसकेको छ। सीमा क्षेत्रमा हुने अवैध कारोबार रोकथामका लागि सशस्त्र प्रहरीले नियमित रुपमा गस्ती गरिरहेको सशस्त्र प्रहरी निरीक्षक साउँदले जानकारी दिए । 

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि रोक्नका लागि बिओपी मार्फत पनि गस्ती गरिरहेको उनले बताए। जिल्लाका तीन ठाउँमा बिओपी मार्फत सशस्त्र प्रहरीले सेवा दिइरहेको उनको भनाइ छ। बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा सशस्त्र प्रहरीको बिओपी रहेको छ। बिओपी मार्फत सीमा क्षेत्रमा नियमित गस्ती भइरहेको पनि साउँदले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.