‘मोष्टवान्टेड’ बुढाथोकी पक्राउ

‘मोष्टवान्टेड’ बुढाथोकी पक्राउ

काठमाडौं : १२ वर्षअघि काठमाडौंमा भएको एक ‘हाइप्रोफाइल’ अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिवनका दुर्गाबहादुर बुढाथोकी छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार नेपाल—भारत सीमा इलाम पशुपतिनगरबाट पक्राउ गरेको हो।

बालाजुस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा राबललाई २०६५ पुस १ मा राबलसहितको टोलीले अपहरण गरेको थियो। उक्त अपहरण घटनामा प्रल्हाद महत, बिष्णु जिसी, बङ्गुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ्ग, विनोद कार्की र अनिल गुरूङको समेत संलग्नता थियो। उनीहरु यसअघि नै पक्राउ परेका थिए। रावललाई अपहरण गरेको यो समुहले एक करोड ५० लाख रुपैयाँ फिरौति लिएर रिहा गरेको थियो। 

तत्कालीन घटनापछि बुढाथोकी प्रहरीको ‘मोष्टवान्टेड’ सूचीमा थिए। प्रहरीले पटकपटक पक्राउ गर्न खोजेपनि उनी नाम फेरेर छिमेकी मुलुक भारतमा लुकीछिपी बस्दै आएका थिए। सीआईबीले मंगलबार इलामको पशुपति नगरबाट उनलाई पक्राउ गरेको जानकारी सीआईबी प्रमुख डीआईजी सहकुल थापाले दिए। 
बुढाथोकी दार्र्जिलिङमा लुकेर नाम फेर्दै व्यापार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बुढाथोकी प्रकाश क्षेत्रीको नाममा दार्जिलिङमा बसेर प्रकाश स्टोर नामक कपडाको होलसेल पसल चलाउँदै आएको सीआईबीले जनाएको छ। प्रहरीले भने उनलाई निरन्तर निगरानीमा राख्दै आएको थियो। बुढाथोकी विगतमा मोटरसाइकल चोरी तथा गुन्डागर्दीमा संलग्न थिए । ०६४ बैशाख २५ मा बानेश्वरस्थित एभरेस्ट होटेलको पार्किङबाट मोटरसाइकल चोरी गरेकोमा पक्राउ परेका थिए । तत्कालीन समयमा उनी महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतको ग्रिल तोडेर भाग्न सफल भएका थिए। 
सीआईबी प्रमुख डीआईजी थापाका अनुसार फरार रहेकै बेला महतको समूहसँग मिलेर उनले व्यवसायी रावललाई गाडीमा राखी टोखामा लगेर बन्धक बनाई फिरौती असुलेको प्रहरी अनुसन्धानले देखाएको छ। नेपालमा अपहरण र फिरौती असूलीको अपराधलाई भित्र्याएका खुङखार अपहरणकारीहरु अमर टण्डन समातिएपछि उनका सहयोगी महत र सेठ्ठीको मातहतमा रहेर बुढाथोकीले व्यापारी रावलको अपहरण गरेको सीआईबीले जनाएको छ। महत र सेठ्ठी यसअघि नै प्रहरी नियन्त्रणमा आइसकेका अभियुक्त हु्न्। 

पक्राउ परेका बुढाथोकीलाई सीआईबीले काठमाडौं ल्याइसकेको छ। उनीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको छ। डीआईजी थापाका अनुसार अपहरण मुद्दामा बुढाथोकीमाथि थप अनुसन्धान गरेर पुरक प्रतिवेदन अदालतमा पेश गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.