उखु किसान यादवको मृत्युपछि परिवारको बिचल्ली

उखु किसान यादवको मृत्युपछि परिवारको बिचल्ली

मलंगवा : सर्लाहीको धनकौल गाउँपालिका ७ का ६४ वर्षीय उखु किसान नारायण राय यादवको मृत्यु भएपछि परिवार बिच्चलीमा परेको छ ।

१९ जनाको परिवार रहेको यादव संसार छोडेर गएपछि परिवारसहित गाउँ नै शोकमा डुबेको छ  । घरमा अहिले पनि २५ लाख ऋण रहेको परिवारले बताएको छ ।

बुबा संसार छोडेर गएपछि आफूहरुको बिच्चली भएको नारायण राय यादवका जेठा छोरा सीयाराम रायले बताए । ‘ऋण भए पनि बुबा हुँदा हामीलाई कुनै चिजको चिन्ता थिएन् । बुबाले नै घर व्यवहार चलाउनु हुन्थ्यो’, उनले भने, ‘अहिले पनि तीन बैंकको २५ लाख भन्दा बढी ऋण छ । खेती गर्नका लागि र ट्याक्टर किन्नका लागि तीनवटा बैंकसँग बुबाले ऋण लिनुभएको थियो ।’ 

धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलमा उखुको २४ लाख रुपैंया बाँकी छ । उद्योगले पैसा दिए ऋण तिर्न सकिन्थ्यो । आर्थिक वर्ष २०७३÷०७४ को २ लाख र २०७४÷०७५ को २२ लाख बाँकी छ । उखु दियौं तर उद्योगीले पैसा सट्टा बुबाको ज्यान लिएको सीयारामको आरोप छ । उद्योगीले समयमा पैसा दिएको भए हामी टुहुरा हुदैन्थ्यौं । उद्योगीका कारण हाम्रो परिवार अहिले बर्बाद भएको बताए ।

‘गाउँका किसानसहित बुबा मंसिर २८ गते बाँकी भुक्तानी लिनका लागि काठमाडौंमा आन्दोलन गर्न जानुभयो । यसपाली पैसा लिएर नै घर आउँछु भनेर बुबा जानुभएको थियो’, उनले भने, ‘तर, न त पैसा लिएर आउनु भयो न खाली हात । पैसाको साटो कात्रोमा बेरिएर बुबाको शरीर घरमा आइपुग्यो ।’  

सरकारसँगको सहमति भएपछि पैसा पाउँछु कि भनेर ठूलो आशा पलाएको थियो । बुबाको नाममा १ लाख ६५ हजार र मेरो नाममा २६ हजार रकम खातामा आएको थियो । बुबाले केही पैसा गएको छ । हेर्नु भनेर फोन गरेर भन्नु भएको थियो । बाँकी पैसा ७ दिनमा दिएपछि पैसा लिएर नै घर आउँछु भनेर फोन गरेका थिए । 

‘गत मंगलबार बिहान अचानक फोन आयो । बुवाले नै गर्नु भएको थियो । फोनमा बुबाले म शौचालय गएको बेला बेहोस भएर लडेको घटना सुनाउनु भयो । घरबाट उपचार गराउनका लागि आउ भनेर पनि भन्नु भयो । मलाई जान समय लाग्ने भएको गाउँका एकजना किसानलाई फोन गरी बुबालाई उपचार गराउन अस्पताल लैजानु म आउँदै छु भने । केही बेरमा फेरि फोन आउँदा बुबाको मृत्यु भएको खबर सुन्नु पर्यो ।’ 

न्यायका लागि आन्दोलनमा गएका उनको बुधबार २ बजे अन्तिम संस्कार गरिएको छ । मृत्युपछि कृषी मन्त्रालयले २५ हजार सहयोग गरेको छ । अरु कतैबाट सहयोग नआएको उनको गुनासो छ । 

आफूले उब्जाएको अन्नबालीको पैसा लिन ज्यान नै दिनुपर्ने यो कस्तो जमाना आएको भन्दै स्थानीय मनोज यादवले गुनासो गरेका छन् । किसानको हत्या गर्ने उद्योगीलाई राज्यले कारबाही गर्नुपर्ने माग मनोजको छ । 

मृतक नारायणराय यादवलाई कृषक शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र परिवारको एकजना रोजगार दिनुपर्ने माग आफुहरुको रहेको मनोजले बताएका छन् । 

यादवको मृत्युले धनकौल गाउँपालिका ७ शोकमा डुबेको छ । यादवको मृत्युले आफूहरुले अभिभावक गुमाएको स्थानिय मनोज यादवले दुखेसो पोखे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.