बालुवा- गिट्टीको रोयल्टी विद्यालयले पाउनुपर्ने माग गदै विद्यार्थी आन्दोलित

बालुवा- गिट्टीको रोयल्टी विद्यालयले पाउनुपर्ने माग गदै विद्यार्थी आन्दोलित

जाजरकोट : बालुवा गिट्टीको रोयल्टी विद्यालयले उठाउनुपर्ने माग गदै भेरी त्रिवेणी माध्यामिक विद्यालयका शिक्षक विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । १० कक्षा सम्म अध्ययन हुने उक्त विद्यालयमा विषयगत शिक्षक दरबन्दीलगायतका समस्या छन् । 

दरबन्दीको व्यवस्था गरिदिन स्थानीय सरकारसँग माग गर्दा सुनुवाई नभएपछि विद्यालयले नजिकै रहेको भेरी नदी किनारको बालुवा गिट्टी बेचेर शिक्षक व्यवस्थापन लगायतका समस्या समाधान गर्ने निर्णय गरेको थियो ।

विद्यालयले आफ्नै लगानीमा नदी डाइभर्सन गरी बालुवा गिटी संकलन गर्न थालेको अवस्थामा भेरी नगरपालिकाले टेण्डर आब्हान गरी आफैले राजश्व संकलन गर्न थालेको र प्रहरी प्रशासन लगाएर विद्यालयले उठाउने रोयल्टी बन्द गराएपछि शिक्षक विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका हुन् । 

आन्दोलनमा उत्रिएका विद्यार्थीले प्ले कार्डसहित विद्यालयमाथिको हस्तक्षेप बन्द गर, गत वर्षको गिट्टी बालुवाको राजश्व सार्वजनिक गर, केही दिनअघि नगरपालिकामा पेश गरिएको ध्यानाकर्षण पत्रको सुनुवाइ गर, विद्यालयमा आवश्यक दरबन्दी पुरा गरलगायतका नारासहित प्रहरी चौकी रिम्ना घेराउ गरेको सहायक प्रधानाध्यापक रुद्रबहादुर वलीले बताए । 

मेयर चन्द्रप्रकाश घर्ती र प्रमुख प्रशासकिय अधिकृतलाई विद्यालयको समस्या बारम्बार अवगत गराएको र कम्तिमा एक जना गत वर्ष नै अनुदान दिएको कोटालाई निरन्तरता दिन आग्रह गर्दा पनि आलटाल पार्ने काम भइरहेको सहायक प्रधानाध्यापक वलीले गुनासो गरे । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्काले नगरपालिकासँग सल्लाह गरेरै हामीहरुले बालुवा गिट्टी संकलन गर्ने र रोयल्टी उठाउन सक्दैनौं भनेर भनेपछि हामीले आठ दश लाख उधारोमा लगानी गरेर बालुवा गिट्टी बेच्ने गरि नदी समेत डाइभर्सन गराएका हौं । अहिले पुलिस प्रशासन लगाएर रोक्ने काम भएको छ यो एकदमै दुखद कुरा हो । हामीलाई दरबन्दीको व्यवस्था र विद्यालयका अन्य आवश्यकता पुरा गरिदिए भो । होइन भने यसबाट परिणाम राम्रो निक्लदैन यो जनताको चेतावनी हो अध्यक्ष खड्काले भने, 'विद्यालयको स्थानीय सरकारले स्थानीय स्रोत साधनमा आफ्नो कब्जा जमाउन खोजे विद्यालय संचालन तथा ब्यवस्थापन सवै जिम्मा लिए हामीलाई टाउको दुखाइ छैन ।’

तर स्थानीय स्रोत साधनमा नरपालिकाको स्वामित्व र अधिकार हुने भएकोले हस्तक्षेप गरिएको नगरपालिकाले जनाएको छ । बालुवा गिट्टी रोयल्टीको टेण्डर भैसकेकोले अन्य ब्यक्ति वा संस्थाले निजी रुपमा कर संकलन गर्न नपाईने नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले स्पष्ट पारेका छन् । 

करीब तीन सय विद्यार्थी रहेको विद्यालयमा प्राथमिक तहका तीन राहत अनुदान तीन र चारजना निजी स्रोतमा शिक्षक राखेर पठनपाठन भइरहेको छ । मावि तहमा दरबन्दीको व्यवस्था नभएको र नगरपालिकाले पनिन दरबन्दीको व्यवस्था नगरिदिएपछि पठनपाठनमा समस्या छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.