प्रतिबन्धित भारतीय पाँच लाखसहित युवा र युवती पक्राउ

प्रतिबन्धित भारतीय पाँच लाखसहित युवा र युवती पक्राउ

विराटनगर : विराटनगरबाट झन्डै पाँच लाख रुपैयाँ प्रतिबन्धित भारतीय नोटसहित एक युवा र एक युवती पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल बीओपी विराटनगर रानीबाट सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका–१ की २२ वर्षीया अञ्जली झा र विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय रञ्जीत चौधरीलाई पक्राउ गरेको हो । 

झोलामा भारतीय रुपैयाँ बोकेर नेपालतर्फ पैदल नै आउँदै गरेको अवस्थामा दुवै जना नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१६ दरैयाबाट पक्राउ परेका हुन् । 

युवतीले बोकेको झोलाबाट अवैध रकम बरामद भएको हो । उनीहरुको साथबाट पाँच सय दरका सात सय र दुई हजार दरका ७४ वटा भारतीय नोट गरेर चार लाख ९८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पाँच सय दरमाथिका भारतीय नोट बोक्न नेपालमा प्रतिबन्धित छ । 

पक्राउ परेकाहरु के कामले भारत गएका हुन् तथा के प्रयोजनका लागि प्रतिबन्धित नोट अवैध रुपमा लिएर नेपाल आएका हुन् भन्ने बारेमा खुल्न बाँकी रहेको र यस विषयमा अनुसन्धान थालिएको सशस्त्र स्रोतले बतायो । 

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि शनिबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको बताए। 

चेकजाँचका क्रममा स्रोत नखुलेको रकम र प्रतिबन्धित नोटसहित हिँडिरहेको फेला परेपछि उनीहरुलाई शुक्रबार दिउँसो ३ बजेतिर पक्राउ गरिएको जानकारी उनले दिए ।  

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.