लाइसेन्सको लिखित र ट्रायल दुवै परीक्ष सुचारु

लाइसेन्सको लिखित र ट्रायल दुवै परीक्ष सुचारु

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सुचारु भएको छ । परीक्षास्थलमा ट्राफिक प्रहरीको उपस्थिति नभएपछि सोमबार लिखित र ट्रायल परीक्षा दुवै स्थगन भएको थियो । ट्राफिक प्रहरी र यातायात कार्यालयबीच विवाद देखिएपछि  परीक्षा स्थालमा ट्राफिक प्रहरी उपस्थित नभएपछि दुवै परीक्षा स्थगित गरिएको थियो।

यसले गर्दा लिखित र ट्रायल परीक्षा दिन गएका सर्वसाधारण घन्टौं लाइन बसेर रित्तै फर्किनु परेको थियो । लिखित र ट्रायल परीक्षाका लागि ट्राफिक प्रहरीको प्रतिनिधिको विषयमा सोमबार साँझ ट्राफिक प्रहरी र यातायात कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो ।

मंगलबारदेखि याथस्थितिमा लिखित तथा ट्रायल परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि उपस्थित गराउनेगरी सहमति भएको काठमाडौंको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए । सोमबार लिखित तथा ट्रायल परीक्षामा सहभागी हुन नसेको हकमा अर्को सूचना जारी गरी परीक्षाको व्यवस्था मिलाइने शाहले बताए ।

यस्तो थियो विवाद

ट्राफिक प्रहरीले आफ्नो प्रतिनिधिलाई बिहान १० बजेदेखि ४ बजेसम्म मात्र लाइसेन्सको लिखित तथा ट्रायल परीक्षामा सहभागी भइ कार्यालय खटिन निर्देशन दिएको थियो । यस्तै ट्रायल परीक्षाको सीसी टीभी फुटेज पनि उपलब्ध गराउनुपर्ने ट्राफिक प्रहरीको माग थियो । ट्राफिक प्रहरीको उक्त प्रस्ताव यातायात कार्यालयहरुले अस्वीकार गरेको थियो । सोही माग पूरा नहुने देखेपछि ट्राफिक प्रहरीको प्रहरीको प्रतिनिधि लिखित तथा ट्रायल केन्द्रमा नपुगेको यातायात कार्यालयको आरोप छ ।

ट्राफिक प्रहरीका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार सोमबार पृथ्वीजयन्ति परेकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको थियो । यसले गर्दा केही यातायात कार्यालयमा ट्राफिक प्रहरी उपस्थिति हुन सकेनन् ।

ललितपुरको एकान्तकुनाको कार्यालयमा भने ट्राफिक प्रहरीको उपस्थितिमा लिखित तथा ट्रायल परीक्षा सम्पन्न गरेको बताए । यस्तै ट्रायल परीक्षाको फुटेज सर्वासाधरण जनताको सहज पहुँच पुग्नेगरी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.