नेकपा सिन्धुलीमा प्रचण्ड-नेपाल समूहको बहुमत

नेकपा सिन्धुलीमा प्रचण्ड-नेपाल समूहको बहुमत

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीमा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल समूहले आफूहरुसँग बहुमत सदस्य भएको दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधि सभा विघटन गरिदिएपछि विभाजनको संघारमा पुगेको नेकपामा प्रधानमन्त्री ओली समुह भन्दा प्रचण्ड–नेपाल समूहमा बहुमत जिल्ला कार्य समिति सदस्यहरु रहेका हुन् ।

तत्कालनि नेकपा एमाले र माओवादी केन्द्रविच एकता पछि गठन गरिएको १ सय ४५ सदस्यीय जिल्ला कार्य समितिमा पाटीभित्र आएको संकटपछि जिल्ला अध्यक्ष सहित ८८ जना सदस्यहरु प्रचण्ड–नेपाल समुहमा खुलेर लागेका छन् । 

नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन) का अनुसार प्रधानमन्त्री ओली समहमा ३५ जना जिल्ला कमिटिका सदस्यहरु खुलेरै लागेका छन् । २२ जना सदस्यहरु भने सर्बोच्च र निर्वाचन आयोगको फैसला कुरेर तटस्थ बसेका छन् ।

‘तटस्थ बसेकाहरु समेत दाहाल नेपाल समुहलाई नै सहयोग गर्ने मनस्थितीमा रहेका छन् । तत्काल उहाँहरुको गणना नगरेपनि जिल्ला कमिटिका बहुमत सदस्य अर्थात ६० प्रतिसतबढी हामीसंगै हुनु हुन्छ,’ दाहालले भने । न्यूटल बसेकाहरुले भने सर्बोच्चको फैसला र निर्वाचन आयोगले जे निर्णय गर्छ । जसले आधिकारीकता पाउँछ त्यही समुहमा आबद्धता हुने प्रतिक्रिया दिएका छन् ।

नेकपा सिन्धुलीको सात जनाको कार्यालय टिममा चार जना दाहाल नेपाल समुहमा छन भने दुई जना ओली समुहमा छन । एक जना हालसम्म कतैपनि खुलेका छैनन् । कार्यालय टिममा रहेका सात जनामध्ये राजन दाहाल, विनोद विक, सुर्य पाख्रिन र पानीराज बम्जन दाहाल नेपाल समुहमा छन भने प्रदिप कटुवाल र महेन्द्रदेव श्रेष्ठ ओली समुहमा छन् । कार्यलय टिमका प्रलदा पोखरेल भने हालसम्म तटस्थ देखिएका छन् ।

दाहाल तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । एमाले र माओवादी केन्द्र विचको एकता पछि दाहाल केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षमा चयन भएका थिए । तर, पार्टी दुई खेमामा विभाजन भएपछि प्रधानमन्त्री ओली समुहको नेतृत्व नेकपाका जिल्ला सचिव प्रदिप कटुवालले गरेका छन् । कटुवाल पनि तत्कालीन एमालेका जिल्ला अध्यक्ष हुन भने पार्टीमा विवाद आएपछि ओली समुहले केन्द्रीय सदस्यमा पनि मानोनित गरेको छ ।

पार्टीमा जिल्ला कमिटि सदस्यहरु को कता भन्ने प्रश्नमा ओली समुहका अध्यक्ष प्रदिप कटुवालले आफहरुनै बहुमत सदस्यको नेतृत्व गरेको दावी गरे । उनले ओली समहले केन्द्रीय सदस्य विस्तार गरे जस्तै जिल्लामा पनि जिल्ला कमिटि सदस्य विस्तार गरेर १ सय ४५ बाट ५५१ जना पुर्‍याइएको र आफुहरु संग (ओली समुह) नै बहुमत सदस्य रहेको जिकिर गरे ।

ओली समुहमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विषमलाल अधिकारी, सह–इन्चार्ज उमा कोईराला लगायतको सक्रियता छ । प्रचण्ड–नेपाल समुहमा नेकपाका पोलीट व्युरो सदस्य सांसद तथा पूर्वमन्त्री हरिबोल गजुरेल, केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य गणेश पहाडी, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राई, केन्द्रीय सदस्य राजन दाहाल, प्रदेश समिति सदस्य तथा कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीलगायतको सक्रिय सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.