आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनुपर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनुपर्दैन : मन्त्री पौडेल
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आर्थिक अभावमा कुनै पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित नहुने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त भएपछि मन्त्री पौडेलले यस्तो बताएका हुन्।क्रमैसँग थप औषधि उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ ।

 मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिएका  छन्।

मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मङ्सिर १ गतेदेखि लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। 

'देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनका लागि काम गरिरहेका छौँ,'मन्त्री पौडेलले सन्देशमा उल्लेख गरिएको छ,'कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था गरेका छौँ ।'

मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्‍याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरेका छन् । प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.