सर्लाहीमा बस दुर्घटना: २ जनाको मृत्यु, १७ घाइते

सर्लाहीमा बस दुर्घटना: २ जनाको मृत्यु, १७ घाइते

मलंगवा: पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका ४ मा बिहीबार बिहान बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

दाङबाट पूर्वको काकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस अनियन्त्रित भइ पल्टिँदा एक यात्रुको घटनास्थलमै र अर्को एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । १७ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका ५ की ३६ वर्षीया राजकुमारी चौधरी र सोही स्थानकी २३ वर्षीया निर्मला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । राजकुमारीको घटना स्थलमै मृत्यु भएको हो । निर्मलालाई उपचारका लागि बीरगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा रुपन्देही, बुटवल बस्ने ३५ वर्षीय बस चालक अर्जुन ज्ञावली, सहचालक रुपन्देही लुम्बिनी बस्ने २३ वर्षीय किशोर सुबेदी, दाङ राप्ती बस्ने २३ वर्षीया रिता चौधरी, महोत्तरीका ३५ वर्षीय बसन्त कुमार ठाकुर र बाराकी ३० वर्षीया सरिता चौधरी रहेका छन् ।

सबैजनाको वीरगंजको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अरु घाइतेहरुको पनि उपचार भइरहेको बताइएको छ । दाङकी आशा चौधरी, सोही स्थानकी सुमित्रा चौधरी, लक्ष्मी नारायण चौधरी, अमृता चौधरी, पुष्पा चौधरी, दाङकै अजय ब. पुन, मितेश चौधरी, रुपन्देहीका सन्तोष पाण्डे, काठमाडौँका सन्तोष नकर्मी, दाङ राप्ती गा.पा.७ का शोरम चौधरी, रोल्पाका सेतु रोका र सोही जिल्लाका अर्जुन कुमार रोका घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

३० जना सबार बस हरिवन बजार भन्दा पूर्व अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेको थियो । घटनाबारे थप छानविन भइरहेको जिल्ला प्रहरीले जनाएका छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.