अन्तर्राष्ट्रिय उडान ५० प्रतिशत घट्यो

अन्तर्राष्ट्रिय उडान ५० प्रतिशत घट्यो

काठमाडौं : नेपालमा हुने अन्तर्राष्ट्रिय उडान झन्डै ५० प्रतिशत घटेको छ। सन् २०१९ को तुलनामा सन् २०२० मा यो परिमाणमा उडान घटेको हो। कोभिड–१९ को महामारीका कारण सन् २०२० को सुरुआती समयदेखि विभिन्न मुलुकले क्रमिक रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन सुरु गरेका थिए। लगत्तै नेपालले पनि मार्च अन्तिम सातादेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। अन्य मुलुकसहित नेपालले पनि बाह्य उडानमा प्रतिबन्ध लगाएका कारण उडानमा कमी आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणको तथ्यांकअनुसार सन् २०२० मा अघिल्लो वर्षको तुलनामा झन्डै  ५० प्रतिशतले उडानमा कमी आएको थियो। सन् २०१९ मा १८ हजार ६ सय ६ वटा अन्तर्राष्ट्रिय उडान हुँदा सन् २०२० मा ९ हजार ९७ वटा मात्रै उडान भएको थियो। सन् २०२० को सुरुआती समयदेखि कोभिड–१९ को समस्याले उडानमा लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित बनेकाप्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। 

अन्तर्राष्ट्रिय उडान संख्यामा आएको कमीसँगै हवाई यात्रुको संख्या पनि त्यतिकै घटेको छ। सन् २०१९ मा ४१ लाख ३८ हजार ५ सय ६३ जना यात्रुले हवाईमार्गबाट ओहोरदोहोर गरेका थिए। सन्् २०२० मा १० लाख २९ हजार ९ सय ३४ जनाले यात्रा गरेका थिए। सन् २०२० मा करिब ५ लाख ४४ हजार ६ सय ३६ नेपालबाट बाहिरिएका छन्।करिब४ लाख ८५ हजार २ सय ९८ जना नेपाल भित्रिएका छन्। सन् २०१९ मा नेपाल बाहिरिने र भित्रिने संख्या क्रमशः करिब २२ लाख ४५ हजार १ सय ३७ र १८ लाख ९३ हजार ४ सय २६ रहेको प्राधिकरणको तथ्यांक छ। 

सामान्य समयमा नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगम तथा निजी क्षेत्रको कम्पनी हिमालय एयरलाइन्स र बुद्ध एयर गरी कुल ३० एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने बाह्य वायुसेवामा एयर अरेबिया, एयर इन्डिया, विमान बंगलादेश एयरलाइन्स, बुद्ध एयरलाइन्स, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न र सिचुवान एयरलाइन्स छन्। यसैगरी चाइना साउर्थन एयरलाइन्स, ड्रुक एयरलाइन्स, इत्तिहाद एयरवेज, फ्लाइ दुबई, क्याथे ड्रागन, इन्डिगो एयर, जजिरा एयरवेज, कोरियन एयर, मलेसियन एयरलाइन्स, मालिन्दो एयर, ओमन एयर, कतार एयरवेज, सिल्क, मध्या एयरवेस, तिब्बत एयरलाइन्स, थाई एयरलाइन्स, टर्किस एयरलाइन्स र थाईएयरलाइन्स छन्। 

कोभिड–१९ को महामारी रोक्न सरकारले २०२० को मार्च अन्तिमसाताबाट लकडाउन गरी सबै उडानमा प्रतिबन्ध लगाएको थियो। कोभिड–१९ को समस्या समाधान नहुँदा तालिका उडान भर्दै आएका सबै बाह्य वायुसेवाले नेपालमा उडान भने भर्न पाएका छैनन्। सन् २०२० को डिसेम्बरको उडान तालिकाअनुसार नेपाल एयरलाइन्स, हिमालय,एयर अरेयिबा, एयर इन्डिया, एयर अरेबिया आबुधाबी, विमान बंगलादेश, टासी भुटान एयरलाइन्स, एयर चाइना, चाइना साउर्थन एयरलाइन्स, फ्लाई दुबई, डु«क एयरलाइन्स, इन्डिगो एयर, जजिरा एयरवेज, मालिन्दो एयर, सलाम एयर, सिल्क, टर्किस र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।  

सन् २०२१ को मध्यबाट मात्रै नेपालमा हुने अन्तर्राष्ट्रिय उडानले गति लिने प्राधिकरणको अपेक्षा छ। प्रवक्ता क्षेत्रीले भने, ‘सरकारले कोभिडको समयमा अपनाएको उडानसम्बन्धी सुरक्षा मापदण्डको नीति विस्तारै परिमार्जन गर्दै जाने र यसले वर्षको मध्यबाट अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किने विश्वास छ।’ 

प्राधिकरणको आम्दानी प्रभावित
अन्तर्राष्ट्रिय उडानमा कमीसँगै नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा पनि असर परेको छ। प्राधिकरणको मुख्य आम्दानीको स्रोत मानिएको एयरपोर्ट ट्याक्स हो। यो प्रत्येक यात्रुबाट उठाउने गरिन्छ। अन्तर्राष्ट्रिय पर्यटक नेपाल आउँदा करिब ११ सय रुपैयाँ एयरपोर्ट ट्याक्स र विमानस्थल विकास शुल्कबापत एक हजार रुपैयाँ उठाउने गरिन्छ। पार्किङबापतको शुल्क एक हजार किलोको एक डलर तिर्नुपर्छ। 

यो ६ घण्टाको अवधिका लागि हुने र आन्तरिक तथा बाह्य दुवै जहाजको हकमा लागूहुन्छ। अन्तर्राष्ट्रिय जहाज ७७ हजार किलोग्रामभन्दा बढी तौलको हुन्छ। जहाजको आगमनमा कमी आउँदा यस्ता शीर्षकमा उठ्ने शुल्कमा पनि कमी आएको छ। यसले गर्दा सन् २०२० मा प्राधिकरणको घाटा करिब ६ अर्बको हाराहारीमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.