प्रसारण लाइन निर्माण

प्रसारण लाइन निर्माण

काठमाडौं : कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दीस्थित २ सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनसँगै सबस्टेसन निर्माण सम्पन्न भएको छ। 

प्रसारण लाइनसहित सबस्टेसनको निर्माण सम्पन्नपश्चात् चार्जिङ गर्ने प्रक्रिया पनि सुरु भएको छ। दाना–कुश्मा प्रसारण लाइन तथा सबस्टेसन निर्माण आयोजनाका अनुसार दाना र पर्वतको खुर्कोटमा सबस्टेसन र प्रसारण लाइनबाट विद्युत् जोडेर ट्रान्सफर्मर चार्ज गर्ने काम शुक्रबारदेखि सुरु गरिएको छ।  आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले मोदी–चुवा–खुर्कोट हुँदै दाना सबस्टेसनमा लाइन जोडेर चार्ज गर्ने काम सुरु गरिएको जानकारी दिए।

निर्माण सम्पन्न भएको उक्त प्रसारण लाइनको हालसम्म दुई चरणमा परीक्षण गरिएको छ। पहिलो चरणमा कुश्मा तल्लो मोदीको १ सय ३२ केभी प्रसारण लाइनबाट विद्युत् ल्याएर खुर्कोटमा १०० एमबीएका ३ वटा ट्रान्सफर चार्ज गरिएको छ। दोस्रो चरणअन्तर्गत खुर्कोटबाट दानातर्फ पनि परीक्षण गरिएको छ। तेस्रो चरणअन्तर्गत दानाको १०० एमबीएकै ३ वटा ३३.३३ एमबीएका ट्रान्सफरबाट परीक्षण गर्ने काम पनि आइतबारदेखि सुरु गरिएको छ।  तेस्रो चरणको सफल परीक्षणपछि राष्ट्रिय प्रसारणमा जोडिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। 

राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि दानादेखि खुर्कोटसम्म २ सय २० केभी क्षमतामा विद्युत् प्रसारण हुनेछ। यस्तै कुश्मा तल्लो मोदीको १ सय ३२ केभी प्रसारण लाइन हुँदै पोखरासम्म जोडिने आयोजनाले जनाएको छ। ‘हामीले अर्को लाइन पनि निर्माण गरिहेका छौं। खुर्कोटदेखि नवलपरासीको बर्र्दघाटसम्म २ सय २० केभीको प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ। यो निर्माण भएपछि लाइन बाडिएर जान्छ’, भट्टराईले बताए। दाना सबस्टेसनअन्तर्गत घलेम्दीखोला ५ मेगावाट, १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जोडिनेछ। घलेम्दीखोला र थापाखोला सञ्चालित आयोजना हुन् भने मिस्ट्री खोला आयोजना परीक्षण उत्पादनको तयारीमा छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.