हवाईमार्गको पहल

हवाईमार्गको पहल

काठमाडौं : सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ। सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ। 

नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको माघको पहिलो साता भएको भारतको भ्रमणको क्रममा नयाँ हवाई रुटका विषयमा छलफल भएको थियो। भारतीय समकक्षीसँग भएको भेटवार्ताको क्रममा नेपालले प्राथमिकताका साथ नयाँ हवाई रुटको एजेन्डाका विषयमा छलफल गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। 

‘दुईपक्षीय वार्ताको क्रममा यो विषय पनि उठेको हो। यो हाम्रो  पुरानै एजेन्डा हो। पछिल्लो छलफल सहमतिका लागि वातावरण सहज बनाउने काम भने गर्नेछ’, महानिर्देशक पोखरेलले भने। उनका अनुसार प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ। तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भिœयाउने सरकारको योजना अलपत्र पर्दै आएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा पनि यो विषयमा सरकारले छलफल गरेको थियो। तर, हालसम्म भारतले आश्वासन मात्रै दिँदै आएको छ। 

नेपालले माग गरेअनुसार भारतले नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराएको अवस्थामा उडान खर्च र समयको बचत हुनुका साथै हवाई ट्राफिक जामको समस्या पनि समाधान हुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। 

हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन् भने चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। नेपाल बाहिरिने हवाई रुट भने सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग रहेको छ।

प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता नेपालले भोग्दै आएको छ। हाल प्रयोग भइरहेका रुटबाहेक थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने क्षेत्रीको भनाइ छ। कम्तीमा भैरहवा र नेपालगन्ज रुटका लागि मात्रै भारत सकारात्मक हुने हो भने नेपाल छिर्ने विमानका लागि दूरी निकै घट्नेछ। 

भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाउने हो भने भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो दूरी पर्नेछ। काठमाडौं विमानस्थल आउन पनि भैरहवाको रुट छोटो पर्ने प्रवक्ता क्षेत्रीको भनाइ छ। प्राधिकरणका महानिर्देशक पोखरेलले नयाँ हवाई प्रवेश मार्ग उपलब्ध हुँदा दीर्घकालीन रूपमा निजगढ विमानस्थल र पोखरा विमानस्थलसमेत फाइदा हुने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.