१९ वर्षपछि फरार अभियुक्त पक्राउ
जाजरकोट: जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका नलगाड नगरपालिका–३ का बहादुर थापा १९ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला अदालतको फैसलाको १९ वर्षपछि थापालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले ५० वर्षीय थापालाई पक्राउ गरी आइतबार जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।
जिल्ला अदालत जाजरकोटले १८ असार २०५८ को फैसलाले पुरातात्विक वस्तु ओसार–पसार मुद्दामा प्रतिवादी थापालाई एक वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । दोषी थापा हालसम्म फरार थिए । जिल्ला अदालतले गरेको निर्देशन अनुसार थापालाई कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !