भारतले बाटो खन्दा माल्पा क्षेत्रमा खसेको चट्टान हटाउन सुरु
दार्चुला : दार्चुलाको महाकाली नदीमा बाटो खन्ने क्रममा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम सुरु गरिरहेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए।
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा मंगलबार माल्पा क्षेत्रमा चट्टान खसेको थियो । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ ।
प्रतिक्रिया दिनुहोस !