आयोगलाई नयाँ उचाईमा पुर्‍याउँछु : प्रमुख आयुक्त राई

आयोगलाई नयाँ उचाईमा पुर्‍याउँछु : प्रमुख आयुक्त राई

काठमाडौं : नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको साँखलाई उचाईमा पुर्याउने बताएका छन् । उनले आयोगका सम्पूर्ण पदाधिकारी र कर्मचारीले आफूलाई गरेको स्वागत प्रति धन्यवाद दिंदै भने, ‘चुनौती पार गर्दै आयोगको साँखलाई उचाईमा पुर्‍याउछु ।’

उनलेमुलुक र जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताए । उनले विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत बिभिन्न निकायमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा गरे ।आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको उनको भनाइ छ । 

सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नयाँ उचाईमा पुर्याउने विषयमा आफू सधैँ क्रियाशिल रहने प्रतिवद्धता व्यक्त  गरे । उनले आयोगको यस अभियानमा सबै सरोकारवालाको साथ सहयोग रहने विश्वास समेत व्यक्त गरे । 

आयोगका आयुक्त  डा. सावित्री थापा गुरुङ ले नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई आयोगमा स्वागत गर्दै आयोग पूर्ण समावेशी भएको र आगामी दिनमा आयोग आफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन, ‘नँया नेतृत्वलाई आगामी दिनमा सफलता मिलोस र आयोग अझै सशक्त बनोस ।’

नवनियुक्त आयुक्त जयबहादुर चन्द राज्यको लक्ष्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा टिम अगाडि बढ्ने कुरामा विश्वास व्यक्त गरे । 

राज्यले संवैधानिक आयोगको पनि जिम्मेवार पदमा विश्वास गरी नियुक्त गर्दा आफू कृतज्ञ भएको बताए । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने पवित्र कार्यको सहयात्री हुन पाउँदा गौरवान्वित महशुस गरेको बताए ।

नवनियुक्त आयुक्त किशोरकुमार सिलवालले आयुक्तको रुपमा आफ्नो भूमिका समन्वयकारी रहने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई ट्रेडिस्नल क्राइम भन्दा फरक तरिकाले हेर्नुपर्ने बताउँदै प्राप्त संवैधानिक भूमिकामा प्रतिवद्धता व्यक्त गरे। 

आयोगका सचिव सुरेश अधिकारीले आयोगको संक्षिप्त परिचयसहित आयोगको कार्यक्षेत्र, संरचना, जनशक्ति, वर्तमान चुनौती र भविष्यको जिम्मेवारीको बारेमा प्रकाश पारे। 

उनले भ्रष्टाचार नियन्त्रण र  सदाचारयुक्त समाज निर्माण साथै विकास व्यवस्थापन, भूमि व्यवस्थापन, प्राकृतिक श्रोत साधन व्यवस्थापन लगायतका क्षेत्रमा थप कार्य अगाडि बढाउन आयोगको पूर्णताले आगामी दिनमा कार्यसम्पादन उच्च बनाउन सहयोग पुग्ने कुरा  बताए ।  

आयोगको सुशासन स्थापना गर्ने उद्देश्यमा सरकारको पूर्ण साथ र समर्थन रहेको, सम्बन्धित मन्त्रालय र निकायबाट पनि सहयोग रहेको र उत्साहित एवं उच्च मनोवलयुक्त जनशक्ति रहेको उनले बताए ।

बुधबार दिउँसो आयोगमा आयोजित छुट्टै कार्यक्रममा आयुक्त पदबाट अवकास लिएका आयुक्त डा. गणेशराज जोशीलाई नवनियुक्त प्रमुख आयुक्त एवं आयुक्तको उपस्थितिमा आयोगमा रहँदा पुर्‍याउनु भएको योगदानका लागि धन्यवादसहित हार्दिक बिदाई गरियो।

आयोगका नवनियुक्त प्रमुख आयुक्त राई, आयुक्त सिलवाल र चन्दले अख्तियार पदभार ग्रहण  गरेका छन् । उनीहरुलार्ई आयोग परिसरमा आयोगका अधिकारीको नेतृत्वमा कर्मचारीबाट पुष्पगुच्छासहित स्वागत गरिएको छ । 

लगत्तै आयोगमा बहालवाला आयुक्त डा. गुरुङको समेत उपस्थीतिमा स्वागत कार्यक्रम सम्पन्न भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.