संयुक्त आन्दोलन गरे ओली सरकार एक हप्तामा ढल्छ : बाबुराम

संयुक्त आन्दोलन गरे ओली सरकार एक हप्तामा ढल्छ : बाबुराम

धनकुटा : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त आन्दोलन गरे केपी ओली नेतृत्वको वर्तमान सरकार एक हप्तामा ढल्ने दाबी गरेका छन् ।  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका बाबुरामले शनिबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

‘केपी ओलीको असंवैधानिक कदमकोविरुद्ध नेकपा सडकमा छ । नेकपासहित सबै पार्टी मिलेर एक हप्ता सडक संघर्ष गर्ने हो भने वर्तमान सरकार ढल्छ’, बाबुरामले भने । उनले नेपाली जनता सडक संघर्षमा जानुको विकल्प नरहेको प्रष्ट पारेका छन् । 

भट्टराईले नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र ज्ञानेन्द्रको प्रतिक्रान्तिपछि केपी ओलीले प्रतिक्रान्ति गरेको आरोप लगाए । जनता समाजवादी पार्टी नेपाल धनकुटाले शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘नेपाली जनताबाट जननिर्वाचित प्रधानमन्त्रीले अदालतलाई धम्की दिइरहेका छन’, उनले भने, ‘तर अदालतले नेपाली जनता र संविधानको पक्षमा काम गर्नेछ ।’

२००७ सालदेखि लोकतन्त्रको लागि लडेको नेपाली कांग्रेस चुप लागेर बसेर हुन्छ भन्दै भट्टराईले कांग्रेसलाई प्रश्न गरे । 

त्यस्तै जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एक भाषा, एक देश र एक संस्कृतिको अन्धभक्तवादलाई अहिलेको सरकारले अंगाल्न खाजे त्यो गलत हुने बताए । 

सर्वोच्च अदालतले संसद पुस्र्थापना नगरे त्यो भन्दा ठूलो फैसला जनताको अदालतले गर्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.