बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेका अभियुक्त ७ वर्षपछि पक्राउ
जाजरकोट: बलात्कार मुद्दामा जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका जाजरकोट कुशे गाउँपालिका २ टालेगाउँका ३१ वर्षीय साजन सिंह सात वर्षपछि पक्राउ परेका छन् ।
जबर्जस्ती करणी मुद्दामा २०७० सालमा चार वर्षको जेल सजाय सुनाइएका साजन बुधबार पक्राउ परेका हुन् । उनी हाल सम्म फरार प्रतिबादीको सुचीमा थिए ।
प्रहरीले खोजी गरेपनि भेटाउन सकेको थिएन । गाँउकै एक २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोग लागेको थियो । पक्राउ परेका सिंहलाई जिल्ला अदालत जाजरकोटको आदेशपछि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए ।
प्रतिक्रिया दिनुहोस !