‘ए मेरो हजुर–३’ र ‘प्रसाद’को वर्चस्व

‘ए मेरो हजुर–३’ र ‘प्रसाद’को वर्चस्व

काठमाडौं : नेफ्टा अवार्डको १०औं संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्मबाट ३१ विधामा उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो।

राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रम दुई चरणमा सम्पन्न भयो। उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्वअध्यक्ष राजकुमार राई, नेफ्टाका पूर्वअध्यक्ष मनोज केसीलगायत विभिन्न चलचित्रकर्मीले अवार्डको सफलताको कामना गरे। कांग्रेस प्रवक्ता शर्माले दूरदराजमा लुकिरहेका नागरिकका कथा फिल्मको माध्यमबाट बाहिर ल्याउन फिल्मकर्मीलाई आग्रह गरे। 

‘उड्दै गरेको जहाज होइन, त्यो जहाजले उड्दै गर्दा छोडेको माटोको पीडा पर्दामा ल्याउनुपर्छ’, प्रवक्ता शर्माले भने, ‘फिल्म समाजको ऐना हो, सरकारले नदेखेका, नखोजेका कथा फिल्मले समेट्न सक्छ।’ कार्यक्रममा नेफ्टा अध्यक्ष पुष्कर लामाले कोरोनाबीच थलिएको फिल्म उद्योग चलायमान गराउन नेफ्टा अवार्ड कोशेढुंगा साबित हुने विश्वास राखे।

कार्यक्रमको दोस्रो चरणमा विभिन्न विधामा प्रतिस्पर्धामा परेका फिल्म तथा फिल्मकर्मीलाई मनोनयनको प्रमाणपत्र प्रदान गरियो। १०औं नेफ्टा अवार्डमा सर्वाधिक १३ विधामा फिल्म ‘प्रसाद’ मनोनयनमा परेको छ। यस्तै फिल्म ‘ए मेरो हजुर–३’ ११ र ‘छक्का पञ्जा–३’ १० विधामा मनोनयनमा परेको छ।

फागुन २९ गते प्रदान गरिने अवार्डको उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’, ‘रोमियो एन्ड मुना’, ‘हरि’, ‘कथा काठमाडौं’ र ‘छक्का पञ्जा–३’ परेका छन्। यस्तै उत्कृष्ट निर्देशकको प्रतिस्पर्धामा ‘प्रसाद’बाट दिनेश राउत, ‘रोमियो एन्ड मुना’बाट नरेशकुमार केसी, ‘रामकहानी’बाट सुदर्शन थापा, ‘छक्का पञ्जा–३’बाट दीपाश्री निरौला र ‘ए मेरो हजुर–३’बाट झरना थापा प्रतिस्पर्धामा छन्।

उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की ‘प्रसाद’, विनय श्रेष्ठ ‘रोमियो एन्ड मुना’, ‘विपिन कार्की ‘हरि’, खगेन्द्र लामिछाने ‘डमरुको डन्डीबियो र अनमोल केसी ‘ए मेरो हजुर–३’ प्रतिस्पर्धामा रहँदा उत्कृष्ट अभिनेत्रीतर्फ ‘प्रसाद’बाट नम्रता श्रेष्ठ, ‘रोमियो एन्ड मुना’बाट सृष्टि श्रेष्ठ, ‘साइँली’बाट मेनुका प्रधान, ‘रामकहानी’बाट पूजा शर्मा र ‘छक्का पञ्जा–३’बाट दीपिका प्रसाईं प्रतिस्पर्धामा छन्।

चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजना हुन लागेको अवार्डमा नेफ्टासँग ड्रिम हाई नेपालले सहकार्य गरेको छ। नेफ्टा र ड्रिम हाई नेपालको तर्फबाट आयोजना हुन लागेको अवार्डमा इभेन्ट व्यवस्थापनको काम फेम नेपालले गर्दै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.