जहाँ ढुंगाढुंगामा छन् देवता

जहाँ ढुंगाढुंगामा छन् देवता

गैंडाकोट : धार्मिक आस्थाको थलो मौलाकाली मन्दिर। यसैको फेदीमा कलाकार प्रकाश थापाको दैनिकी बित्ने गरेको छ।

ठूलो ढुंगामा उनले भगवान् खोजिरहेका छन्।  मौलाकाली डाँडाको अप्ठ्यारो भीरमा रहेको ढुंगामा भगवान्को आकृति खोप्न उत्तिकै अप्ठ्यारो छ। सिंगो ढुंगामा थापाले शिवजीको मूर्ति खोपेका छन्। पाँचदिनको लगातार मेहनतले आकृति देखिन थालेपछि उनी उत्साहित छन्। मौलाकाली मन्दिर उक्लिने बाटो छेउको खोल्सापारिको ढिस्कोमा उनले खोपेको मूर्ति देखिन्छ। 

तेस्रो नेत्रसहितको भगवान् शिवको आधा अनुहार उनको परिकल्पना हो। छिनो, हतौडा र ढुंगा काट्ने मेसिन खेलाउँदै गरेका उनले आकृति देखिँदै गएपछि सबै पीडा बिर्सिएका छन्। मूर्ति कुँद्न सिपालु प्रकाश एउटै ढुंगामा दुईवटा आकृति निकाल्ने कोसिसमा थिए। ‘मैले ढुंगाको प्रकृति हेरेर शिवजीको आधा भाग देखाउन खोजेको छु’, उनले भने, ‘काम अप्ठ्यारो भएपनि सिर्जनाले आकृति निकाल्दा दुःख बिर्सिएको छु।’ 

कलाकार तम पुनले इन्द्रको वाहन बनाउँदै थिए। ढुंगा काट्न र खोप्न जटिल छ तैपनि देखिँदै गरेको आकारले उनलाई थकित हुन दिँदैन। एक जना सहयोगी लिएर उनी हात्तीको आकृति बनाउँदैछन्। रूखको जरामा आकृति निकाल्ने कला भएका पुनःअहिले ढुंगामा जीवन खोजिरहेका छन्।  ‘हात्तीको प्रतीक निकाल्दै छु, समय पुग्यो भने गणेशको पनि यसैमा बनाउने सोचमा छु’, पुनले भने, ‘ढुंगाको आकार हेरेर त्यसैअनुसारको काम गरेको छु। काम त भारी छ तरपनि प्राकृतिक मनोरमले आनन्द दिएको छ।’ 

झन्डै आधा उकालो हिँडेपछि सिँढीको छेउमा देवीको मूर्ति देखिन्छ। जिब्रो निकालेकी देवीको टाउकोमा खप्पर अनि कपाल लहरिएको छ। निधारमा आँखा, कानमा कुण्डली र खप्परको माला देवीको पहिचान हो। झापाका हिम्मत नेम्बाङले त्यहीअनुसारको मूर्ति पाँच दिनमा तयार गरे। ओरालोमा अडिएको ढुंगालाई मौलाकाली मन्दिरतर्फ फर्किएको अनुहार निकालेका छन्। उनले मूर्तिमा गतिशीलता देखाउन खोजेका छन्। 

कलाकारहरूले १५ दिनको अवधिमा सिर्जना तयार गर्नेछन्। उनीहरूले मौलाकाली जाने उकालोको सिँढीको दायाँबायाँ रहेका ढुंगामा मूर्ति बनाइरहेका छन्। भगवान् गणेश, शिव, काली, विष्णुसहित हात्ती, कछुवा, नागका मूर्ति बनाइरहेका छन्। मूर्ति कार्यशालाका संयोजक रहेका कलाकती आर्ट सेन्टरका संस्थापक भीमप्रसाद शर्माले धार्मिक पर्यटनसँग कला जोडिएको बताए। ‘धार्मिक सांस्कृतिक महŒव अझै बढ्ने विश्वास छ’, शर्माले भने, ‘कलाकै कारण आन्तरिक पर्यटन अझ बढ्छ भन्ने लाग्छ।’ 

ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका संयोजक लालकाजी लामाले मूर्तिले कलाकार र आमनागरिकबीच परिचयको काम गरेको बताए। ‘नयाँ र परम्परागत शैलीको काम गर्नेहरू एकै ठाँउमा हुँदा सीपको आदानप्रदान भएको छ’, लामाले भने, ‘नयाँ ढुंगा ल्याउन नमिलेपछि प्राकृतिक रूपमा गढेर बसेको ढुंगामै मूर्ति खोपिएको हो।’ 

मौलाकालिका मन्दिरको डाँडामा ढुंगामा शिवमूर्ति खोप्दै कलाकार प्रकाश थापा। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.