सुनसान कोभिड अस्पताल ! हाजिर गरेरै दिन काट्छन् कर्मचारी

सुनसान कोभिड अस्पताल ! हाजिर गरेरै दिन काट्छन् कर्मचारी

विराटनगर : विराटनगर १० मा रहेको कोभिड–१९ अस्पताल बिरामी नहुँदा सुनसान बनेको  छन् । प्रदेश १ मा कारोनाको बिरामी दिनादिनै बढ्न थालेपछि प्रदेश सरकारले  सञ्चालन गरेको अस्पतालमा अहिले बिरामी छैनन् । ठूलो लगानीमा सञ्चालन भएको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले ४१ जना विभिन्न तहका कर्मचारी नियुक्त गरेको थियो ।

नेपाल सरकारले निर्धारण गरेको मासिक तलब खाने अस्पतालका कर्मचारी अहिले हाजिर गरेर दिन बिताउने गरेका छन् ।

गएको चैत्र २१ गतेदेखि सञ्चालनमा आएको सो अस्पतालमा वैशाख ५ गतेदेखि बिरामी भर्ना भएका थिए । नेशनल टे«डिङको भवनमा प्रदेश सरकारले सुरुमा ८० बेडको कोभिड–१९ अस्पताल सञ्चालन गरेको थियो । आईसीयू ८ बेड, एचडी २२ बेड र रिकोभरी १२ बेड सहितको सो अस्पताल एक महिनादेखि बिरामी नभएर सुनसान भएको हो। 

कोभिड महामारीको बेला दैनिक ४० देखि ६० जना कोरोना पोजेटिभ बिरामी आउने गरेको सो अस्पतालमा हाल कुनै बिरामी नभएको अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतले जानकारी दिए । 

उनका अनुसार बिरामी नआउँदा पनि कर्मचारी दैनिक आफ्नौ डिउटीको बेला अस्पतालमा रहेने गरेका छन् । सो अस्पतालमा चिकित्सकतर्फ मेडिकल अफिसर  ८, स्टाप नर्स ८, एचए ८, स्वीपर ३, इलेक्ट्रिकल र पल्मबर ४, वायोमिकल इन्जिनियर १, कार्यालय सहयोगी ९ सहित १ सुरक्षा गार्ड रहेका छन् । उनीहरुलाई प्रदेश सरकारले नियमित तलब खाइरहेका छन् । 

निमित संयोजक डा. भगलले भने, ‘पुरै खाली रहेका बेला आएका बिरामीसमेत बस्न मानेका छैन्न् ।’ दुई दिन अगाडि विराटनगरकै एक महिला बिरामी भएर आए पनि नबसी फर्केको उनले जानकारी दिए । ठूलो भवनमा एक्लै नबस्ने भन्दै बाहिरिएको उनले सुनाए । 

सरकारको अर्को निर्देशन नआएसम्म अस्पतालमा उपस्थित हुने गरेको उनको भनाइ छ । समाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले  कोभिड नियन्त्रणकै लागि ठूलो  लगानीमा सञ्चालन भएको सो अस्पताल अहिले सञ्चालन गर्ने प्रदेश सरकारको उदेश्य रहेको बताए । 

भारतमा फेरि कोरोना बढ्न थालेकाले तत्काल हटाउने वा अरु स्वरुपको अस्पताल सञ्चालन गर्ने विषयमा कुनै छलफल नभएको उनले बताए । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको हो । अस्पताल निर्माणका लागि प्रदेश सरकारले एक करोड, महानगरपालिकाले २५ लाख र निजी क्षेत्र तथा बैंकलगायत विभिन्न संघसंस्थाले ६ करोड ७५ लाख सहयोग गरेका थिए । 

सय बेडको भेन्टिलेर अस्पतालमा  निर्माण कार्य सुरु गर्नका लागि स्विस सरकारबाट चार करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।   

संक्रमित नागरिकको उपचारको समस्याका कारण निजी क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोचअनुसार अस्पताल निर्माण भएपछि  भविष्यमा अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउनु पर्ने बताएको छ । सो अस्पतालबाट ३ सयजना महिलासहित ८ सय २९ जना उपचार्थ भर्ना भएका थिए भने ३७ पुरुषसहित ५६ जनाको मृत्यु भएको  थियो । 

 तस्बिर : जितेन्द्रनारायण ठाकुर  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.